‘बी’ डिभिजन लिग फुटबल दुई महिनापछि हुने
नेपालबहस संवाददाता
पुस ८, २०७७ बिहिबार २:४०:१७
८ पुष, काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ ले कोरोना भाइरसको महामारीका कारण रोकिएको शहीद स्मारक ‘बी’ डिभिजन लिग दुई महिनापछि पुनःसञ्चालन गर्ने भएको छ । एन्फाले ‘बी’ डिभिजन लिग आगामी फागुन ११ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।
नौ महिनाअघि बीचमै रोकिएको लिगलाई एन्फाको लिग कमिटीले पुनःसञ्चालन गर्ने निर्णय गरेको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए । “कोरोनाको असर केही कम भएकाले क्लबसितको छलफलपछि लिग पुनःसञ्चालन गर्ने निर्णय गरेका हौँ”, उनले भने । लिग सञ्चालनका क्रममा स्वास्थ्य मापदण्डको पालना गरिने शेर्पाले उल्लेख गरे ।
एन्फा महासचिव इन्द्रमान तुलाधरले ‘बी’ डिभिजनमा रहेका क्लबलाई प्रतिक्लब रु दुई लाखका दरले सहयोग उपलब्ध गराइने जानकारी दिए । लिगअघि सबै खेलाडीको कोरोना परीक्षण गरिने छ ।
कोरोनाका कारण ‘बी’ डिभिजन लिग गत वर्ष चैत ५ गते स्थगन गरिएको थियो । आजको छलफलमा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंह, कोषाध्यक्ष रवीन्द्र जोशी, लिग कमिटीका संयोजक विज्ञानराज शर्मा, लिग निर्देशक सञ्जीव मिश्रलगायत सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोलिदेखि जिल्ला लिग फुटबलको तेस्रो संस्करण हुँदै
बैशाख १४, २०८१ शुक्रबार
जाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने
बैशाख १३, २०८१ बिहिबार
रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
झापाामा परीक्षा दिएर फर्कदै गरेकी छात्रामाथि गोली प्रहार
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
रासायनिक विषादीको प्रयोग घटाउन 'आईपीएम' कृषक पाठशाला
बैशाख २१, २०८१ शुक्रबार
रुखमा टाँगिएको जोखिमयुक्त तारको साहारमा उपभोक्ता सेवा लिन बाध्य
बैशाख २१, २०८१ शुक्रबार
सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा मनाउने घोषणा
बैशाख २१, २०८१ शुक्रबार
मे २४ लाई ‘अन्तर्राष्ट्रिय मारखोर दिवस’ का रुपमा घोषणा गर्ने
बैशाख २१, २०८१ शुक्रबार