सीताको उपचारका लागि प्रचण्ड भारत जाँदै
नेपालबहस संवाददाता
पुस १९, २०७७ आइतबार २३:५४:३७
१९ पुष, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिरामी पत्नी सीताको उपचारका लागि भारत जाने भएका छन् । आइतबार पेरिसडाँडामा बसेको नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकमा दाहालले पत्नी सीताको उपचारका निम्ति आफू भारतको मुम्बई जान लागेको बताएका हुन् ।
मुम्बई जाने भएपछि आफू भोलिको बैठकमा उपस्थित नहुने प्रचण्डको भनाई छ । पत्नी सीता पार्किन्सन जस्तो देखिने रोगबाट पीडित हुँदा अहिले गम्भिर अवस्थामा छिन् । उनलाई गत बुधबार मेडीसिटी अस्पताल भर्ना गरिएको थियो ।
यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो । तर सञ्चो भएको थिएन । त्यसमाथि अवस्था जटिल भएपछि उनलाई उपचारका लागि भारत लैजान लागिएको हो ।
प्रचण्डले मुम्बईमा भारतीय शीर्ष नेताहरुसँग भेटघाट गर्न सक्ने अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता
जेठ ९, २०८१ बुधबार
हिमालमा जलवायुले पारेको असर न्यूनीकरणमा चासो
जेठ ९, २०८१ बुधबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
बुद्ध जयन्तीको अवसरमा भारतीय राजदूतावासद्धारा विविध कार्यक्रम आयोजना
जेठ ९, २०८१ बुधबार
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
जेठ ९, २०८१ बुधबार
घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार