कोरोना प्रभावितलाई व्यवसाय गर्न ५० हजार अनुदान
नेपालबहस संवाददाता
पुस २०, २०७७ सोमबार २०:८:५८
तोलाकान्त बगाले
२० पुष, वालिङ । कोरोनाभाइरसको संक्रमणका कारण रोजगारी गुमाएका युवा युवतीलाई उद्यमी बनाउने उद्देश्यसहित उद्यमशिलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्टअप’ कारुपमा ५० हजार नगद अनुदान दिन थालिएको छ ।
युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्वारा सञ्चालित कोभीड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्तर्गत कोभिड प्रभावितहरुका लागि स्थापित कोषमार्फत नगद प्रदान गर्न लागिएको हो ।
विदेशमा रोजगारी गुमाई फर्केका वा स्वदेशमा रोजगारीमा रहेका युवा युवतीहरुलाई स्वरोजगार तथा आत्मनिर्भर बनाई उनीहरुको आय आर्जन बृद्धि गर्नका लागि ‘उद्यमशिलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र सञ्चालन कार्यविधि २०७७’ निर्माण गरी सोही कार्यविधिका आधारमा रहेर स्थापित कोषबाट आर्थिक सहयोग गरिने दियालो संस्थाका अध्यक्ष कविता तिवारीले बताइन् ।
कोरोनाभाइरस प्रभावित भई के गर्ने के नगर्ने अन्योलमा रहेका युवा युवतीहरुलाई उद्यमशिलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्टअप’ कारुपमा नगद अनुदान दिन थालिएको हो । “ब्यवसाय तथा उद्यम सञ्चालन सम्बन्धमा विविध विषयमा नयाँ आविष्कार गर्न मद्दत गर्न, युवाहरुमा भएको रचनात्मकतालाई उजागर तथा प्रोत्साहित गर्न प्रेरित गर्ने उद्देश्यले नवप्रवर्तन कोष स्थापना गरी सञ्चालन गरेका हौं” अध्यक्ष तिवारीले बताइन्, “उक्त कोषमार्फत विशेष राहत प्याकेज उपलब्ध गराई उनीहरुलाई उद्यमी बनाउने छौं ।”
पहिलो चरणमा २० जना युवा युवती तथा समूहलाई जनही रु. ५० हजारका दरले नगद उपलब्ध गराई नवप्रवर्तनमा ‘स्टार्टअप’ गराईने अध्यक्ष तिवारीले बताइन् । वैदेशिक वा स्वदेशमा नै कोरोनाभाइरसका कारण प्रभावित हुनुभएका वालिङका नागरिकलाई उद्यमशिलतातर्फ लाग्न अभिप्रेरित गर्ने उद्देश्यले कोष स्थापना गरी सोहीमार्फत सहयोग गर्दै जाने नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।
“व्यवसाय वा उद्यम गर्न चाहनेहरुले नगरपालिकामा आर्थिक सहयोग माग गरेका आधारमा सहयोग गर्ने नीति बनाएका छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “शुरुआती चरणमा कोषको आकार सानो छ आगामी दिनमा कोष बृद्धि गर्दै जाने र अझै धेरैलाई समेट्दै जाने तयारीमा छौं ।” विशेष गरी उत्पादन तथा नवप्रवर्तनका सोँच राख्नुभएका युवायुवतीहरुलाई उक्त कोषमार्फत अनुदान उपलब्ध गराउने प्रमुख खाँणले बताए ।
कोरोनाभाइरसका कारण बेरोजगारी समस्या बढ्दै गएकाले यसमा कमी ल्याई उनीहरुलाई उद्यमी बनाई आत्मनिर्भर बनाउन सकियोस् भन्ने हेतुले कोषमार्फत सहयोग गर्ने योजना अगाडि बढाईएको युएनडिपी नेपालका गण्डकी र लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले बताए । वालिङ नगरपालिका क्षेत्रभित्र रहेका कोरोनाभाइरस प्रभावित तथा बेरोजगारलाई उद्यमशिल बनाई रोजगारका अवसर सिर्जना गरेर आर्थिक उन्नति गराउने, सानो पूँजीको परिचालनबाट आर्थिक उपार्जनतर्फ अगाडि बढाउने, उत्पादन र उत्पादकत्व बढाउनका लागि उत्प्रेरणा जगाउने, युवाहरु, सीमान्तकृत, कोरोनाभाइरसका कारण रोजगारी गुमाएका तथा न्यूनआय भएका व्यक्तिहरुको जीवनमा परिवर्तन ल्याउने, राम्रो सोँचलाई व्यावसायिकतातर्फ उन्मुख गराउने, दीगो आर्थिक समृद्धिका लागि अग्रसर बनाउने, थोरै सहयोगमार्फत काम गरे सहयोग प्राप्त हुन्छ भन्ने वातावरण बनाउने, कोषमार्फत अनुदान तथा सहयोगका कार्यक्रम सञ्चालन गर्ने गरी उद्देश्य निर्धारण गरिएको अर्यालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपत्रकार महासंघको २७ औँ महाअधिवेशन काठमाडौंमा जारी
बैशाख २१, २०८१ शुक्रबार
फोर एच नोपलको एक बर्षे नेपाल मन्थन अभियान शुरु
बैशाख २०, २०८१ बिहिबार
प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अदालतको आशय स्वीकार्य छैनः अध्यक्ष लम्साल
बैशाख १८, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
युक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न पुटिनको आदेश
बैशाख २४, २०८१ सोमबार
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
बैशाख २४, २०८१ सोमबार
हामी एक ढिक्का छौँ, जसपाको फुट निन्दनीय: नेकपा एस
बैशाख २४, २०८१ सोमबार
अशोक राई नेतृत्वको जसपाले पायो मान्यता, दल दर्ता गर्ने आयोगको निर्णय
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
टी-२० विश्वकपमा आतङ्ककारी हमला गर्ने धम्की
बैशाख २४, २०८१ सोमबार