कुलतको संगत छाड्नु भन्दा बालक बेपत्ता
नेपालबहस संवाददाता
पुस २०, २०७७ मंगलबार ०:३३:६
२० पुष, बलेवा । बागलुङ बजारबाट एक बालक विगत १२ दिनदेखि बेपत्ता भएको परिवारले जनाएको छ । बागलुङ बजारको कालिका कन्यामन्दिर माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत १४ वर्षीय बालक रोशन विश्वकर्मा विगत १२ दिनदेखि परिवारको सम्पर्कमा नरहेका कारण खोजीमा सहयोग गरिदिन उनको परिवारले सबैमा आग्रह गरेको छ ।
बागलुङ नगरपालिका–३ स्थित पुरानो सिनामा रोड बस्ने विश्वकर्मा पुस ९ गतेदेखि बेपत्ता भएको रोशनकी आमा दुर्गा विश्वकर्माले जानकारी दिइन् । “दुई दिन साथीकामा बसेर घर आएपछि कहाँ गएर आएकोभन्दा उल्टै पैसा मागेको थियो”, उनले भनिन्, “त्यसपछि उल्टै मलाई गाली गर्दै घरबाट निस्केको हो, अहिलेसम्म सबै आफन्तकामा खोजी कार्य गर्दासमेत भेटिएको छैन ।”
आफ्नो छोराको खोजीमा सहयोग गर्न उनले सबैमा अपिल गरेका हुन् । कक्षा ९ पास गरेपछि बन्दाबन्दी भएका कारण रोशन कक्षा १० मा अध्ययनका लागिसमेत गएका थिएनन् । जिल्ला प्रहरी कार्यालयमा फोटोसहितको विवरण खुलाएर खोजीमा सहयोग गर्न निवेदन दिइएको छ । छोरा साथीको सङ्गतले कुनै गलत बाटोमा लाग्छ कि भनेर सम्झाइबुझाई गर्दा उल्टै बेपत्ता बनेको आमा दुर्गा विश्वकर्माको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
झापाबाट १० महिनामा ३ सय ७२ लागुऔषध कारोबारी पक्राउ
जेठ ५, २०८१ शनिबार
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
जेठ ५, २०८१ शनिबार
बालिकालाई करणी गरेको अभियोगमा ६१ वर्षीय वृद्ध पक्राउ
जेठ ५, २०८१ शनिबार
अमेरिकाले समुद्री मार्गबाट सहायताको पहिलो खेप पुर्याएको पुष्टि
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार