संसद पुनःस्थापना नभएसम्म आन्दोलन गर्ने प्रचण्ड-माधव पक्षको निर्णय
नेपालबहस संवाददाता
पुस २०, २०७७ मंगलबार २:८:३७
२० पुष, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले पार्टी एकतालाई पूर्णता तथा साङ्गठनिक कामका लागि सुझाव दिन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा गृहकार्य टोली बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार र सोमबार बसेको बैठकले उक्त निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
टोलीमा अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन, वेदुराम भुसाल, भीमबहादुर रावल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, सुरेन्द्रप्रसाद पाण्डे र शक्तिबहादुर बस्नेत सदस्य छन् ।
टोलीले प्रदेश र जिल्ला कमिटी तथा सबै जनवर्गीय सङ्गठनका पदाधिकारी र पार्टी तथा सङ्गठनको एकीकरणका काम तत्काल पूरा गर्न सुझाव दिने प्रवक्ता श्रेष्ठले जानकारी दिए । टोलीलाई एक साताभित्र सुझाव दिन पनि बैठकले निर्देशन दिएको छ ।
बैठकमा प्रदेश र विभिन्न मोर्चा सङ्गठनको नेतृत्वको जिम्मेवारीमा रहेका स्थायी कमिटीका सदस्यले पार्टीको वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए । बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले पहिलो चरणमा गरेको सङ्घर्षको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको ठहर गर्दै यही पुस १८ गते घोषणा गरिएको सङ्घर्षको कार्यक्रम सफल पार्न सिङ्गो पार्टी पङ्क्तिलाई परिचालन गर्ने निर्णय गरेको छ ।
अध्यक्ष नेपालका अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असफल पारेर प्रतिनिधिसभा पुनःसञ्चालन नगर्दासम्म सङ्घर्ष जारी राख्ने र सङ्घर्षलाई हरहालतमा सफल बनाउने निर्णयसमेत गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्धको सङ्घर्षमा अन्य राजनीतिक दलसँग पनि छलफल गरेर अगाडि बढ्ने निर्णय गरिएको छ ।
बैठकले केन्द्रीय सङ्घर्ष समितिका अतिरिक्त प्रदेश, जिल्ला, पालिका र वडास्तरमा सङ्घर्ष समिति बनाउने र केन्द्रीय सङ्घर्ष समितिको कार्यालय गठन गर्ने निर्णय गरेको छ ।
केन्द्रीय सङ्घर्ष समितिका सहसंयोजकमा स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराई, पम्फा भुसाल र गणेश साहलाई चयन गरिएको छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले प्रतिनिनिधिसभा विघटनविरुद्ध रहेका सबै शक्ति एकताबद्ध भएर आन्दोलनमा जाने गरी सहमति खोज्ने प्रयास भइरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
संसदको गतिरोध हटाउनेबारे सत्ता पक्ष र विपक्षीसँग छलफल गर्दै सभामुख
जेठ ५, २०८१ शनिबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लिए शपथ ग्रहण
जेठ ५, २०८१ शनिबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
संसदको गतिरोध हटाउनेबारे सत्ता पक्ष र विपक्षीसँग छलफल गर्दै सभामुख
जेठ ५, २०८१ शनिबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
नेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार