अनेरास्ववियुले प्रधानमन्त्री ओलीको पुत्ला जलाउने, मन्त्रीलाई कालो झण्डा देखाउने
नेपालबहस संवाददाता
पुस २१, २०७७ मंगलबार १६:४१:४८
२१ पुष, काठमाडौं । संसद विघटनविरुद्ध सत्तारुढ नेकपाको प्रचण्ड–माधव समूह सम्बद्ध विद्यार्थी नेता आक्रोशित बनेका छन् । प्रचण्ड माधव समूहको अनेरास्ववियूले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीविरुद्ध कडा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
बागबजारको अनेरास्ववियू कार्यालयमा बसेको बैठकले यही पुष २१ गतेदेखि २९ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । आन्दोलनका कार्यक्रमअनुसार आज सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने र प्रत्येक कलेजमा कालो ब्यानर राखेर विरोध प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ ।
यसैगरी पुस २२ गते काठमाडौं उपत्यकामा लाल्टिन जुलुस र उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिन वा सिटी वा लाठी जुलुस निकाल्ने अनेरास्ववियूले जनाएको छ ।
पुस २३ गते देशभर प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने र २४ गते सिडियो कार्यालयमा ज्ञापनपत्र बुझाउँदै धर्ना दिने कार्यक्रम तय गरिएको छ ।
पुस २५ गते संसद विघटनको कदमविरुद्ध सडक बहस कार्यक्रम गर्ने, २६ गते बयलगाडा प्रदर्शन गर्ने र २७ गते प्रतिगमनको विरुद्ध सडक कविता, गीत र गजल कार्यक्रम गर्ने कार्यक्रम तय गरिएको छ ।
यसैगरी पौष २८ गते सडक नाटक र सडक आर्ट स्ट्रिट वाल पेन्टिङ गरी २९ गते सडकमा प्ले कार्ड सहित कार्टुन प्रदर्शन गरिने कार्यक्रम पनि तय गरिएको छ । तेस्रो चरणको आन्दोलनका कार्यक्रम भने माघ १ गते सार्वजनिक गरिने अनेरास्ववियूले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारीमा भएको ठगिलाई सरकारले हेर्नुपर्छः देउवा
जेठ ५, २०८१ शनिबार
समिति गठन गर्ने कुरामा प्रधानमन्त्रीको दोहोरो चरित्र
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
वैदेशिक रोजगारीमा भएको ठगिलाई सरकारले हेर्नुपर्छः देउवा
जेठ ५, २०८१ शनिबार
समिति गठन गर्ने कुरामा प्रधानमन्त्रीको दोहोरो चरित्र
जेठ ५, २०८१ शनिबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लिए शपथ ग्रहण
जेठ ५, २०८१ शनिबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
संसदको गतिरोध हटाउनेबारे सत्ता पक्ष र विपक्षीसँग छलफल गर्दै सभामुख
जेठ ५, २०८१ शनिबार