प्रथम समृद्धि गोरिल्लाज ३-३ बास्केटबल प्रतियोगीता सम्पन्न
नेपालबहस संवाददाता
पुस २४, २०७७ शुक्रबार १८:०:४१
२४ पुष, काठमाडौं । समृद्धि स्कुलद्वारा आयोजित प्रथम समृद्धि गोरिल्लाज ३-३ बास्केटबल प्रतियोगीता स्कुलको बास्केटबल मैदान बालाजुमा सम्पन्न भएको छ । दुईदिन चलेको उक्त प्रतियोगीतामा ब्वाइज तर्फ २४ र गल्र्स तर्फ १२ गरि जम्मा ३६ वटा टिमहरूले भाग लिएको थियो ।
बजाज पल्सर पिपुल्स च्वाइस एवार्डमा मनोनित हुन सफल नेपालको राष्ट्रिय महिला बास्केटबल टिम क्याप्टेन तथा समृद्धि स्कुल-कलेजको समृद्धि गोरिल्लाज बास्केटबल टिमको पनि क्याप्टेन सदिना श्रेष्ठलाई सहयोग गर्न तथा कोरोना महामारीको दौरानमा पनि युवाहरू स्वस्थ र सकारात्मक रहनुपर्छ भन्ने सन्देश दिने उद्देश्यले यो प्रतियोगीता आयोजना गरिएको हो ।
यस प्रतियोगीताको ब्वाइजमा बि.एम.के. “सी” टिम प्रथम भयो भने उप–बिजेतामा पनि बि.एम.के. कै “बी” टिम रहेको थियो । यस्तै गरी गल्र्समा आयोजक समृद्धि स्कुलको टिम प्रथम भएको थियो भने टिम सबिनाले दोश्रो स्थान हातपार्न सफल भएको थियो । प्रतियोगीताको मोस्ट भ्यालुएबल प्लेयरको उपाधि ब्वाइज तर्फ बि.एम.के. “सी” टिमका सोनम प्रयाग शेर्पा तथा गल्र्स तर्फ समृद्धि स्कुलका प्रेडिका महर्जनले जित्न सफल भएका थिए ।
फाइनल खेलको पश्चात विजयी टोलिका खेलाडीहरूलाई समृद्धि स्कुलका सि.ई.ओ तथा प्रिन्सीपल नरेश प्रसाद श्रेष्ठ, नेपालको राष्ट्रिय महिला बास्केटबल टिम क्याप्टेन सदिना श्रेष्ठ लगायत अन्य निर्देशकहरूले पनि मेडल, ट्रफी र प्रमाणपत्र बितरण गगरे । प्रतियोगीताको सम्पूर्ण संयोजन तथा व्यवस्थापन समृद्धि गोरिल्लाज (सिनियर टिम)ले गरेको थियो ।
समृद्धि स्कुल, त्यहाँका प्रिन्सीपल तथा निर्देशकहरू, समृद्धि गोरिल्लाज महिला बास्केटबल टिमका खेलाडीहरू तथा यस प्रतियोगीताबाट उठेको रकम समेत गरी रु. दुई लाख नगद उक्त अवसरमा क्याप्टेन सदिना श्रेष्ठलाई सहयोग स्वरूप प्रदान गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
खेल पर्यटन प्रवर्द्धनका लागि ‘काँक्रेबिहार म्याराथन दौड प्रतियोगिता’ हुने
बैशाख २७, २०८१ बिहिबार
दशरथ रङ्गशालाको अन्तर्राष्ट्रिय मान्यता गुम्ने खतरा
बैशाख २५, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता
जेठ ४, २०८१ शुक्रबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु
जेठ ४, २०८१ शुक्रबार
बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार
‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार