पाख्रीबास नगरपालिकासँग काठमाडौंको भगिनी सम्बन्ध
नेपालबहस संवाददाता
पुस २५, २०७७ शनिबार १३:११:२
२५ पुष, धनकुटा । काठमाडौँ महानगरपालिकाले धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने प्रस्ताव स्वीकृत गरेको छ । हिजो यहाँ बसेको कामपाको ५५ औं कार्यपालिका बैठकले सो निर्णय गरेको हो । कामपाले यसअघि १६ वटा विदेशी शहरसँग र तीनवटा स्वदेशका विभिन्न नगरसँग भगिनी सम्बन्ध स्थापना गरिसकेको छ ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले आठौं नगरसभामा प्रस्तुत हुने प्रस्ताव स्वीकृत गरेको छ । यही पुस २७ गतेको सभामा चालु आर्थिक वर्षको संशोधन बजेट तथा कार्यक्रम एवं तीन विधेयक स्वीकृतिका लागि पेश हुनेछन् । यसरी प्रस्ताव हुने विधेयकमा कामपा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्ने सम्बन्धमा बनेको विधेयक २०७७’, ‘कामपा बजार व्यवस्थापन तथा अनुगमन विधेयक २०७७’ र ‘कामपा संस्था दर्ता तथा नियमन विधेयक २०७७’ रहेका छन् ।
बैठकले सहकारीसम्बन्धी नियमावली र पूर्व प्राथमिक विद्यालय व्यवस्थापन कार्यविधि २०७७ सम्बन्धी कानून तर्जुमा गर्न सैद्धान्तिक सहमति पनि दिएको छ । यसैगरी बैठकले सहरी योजना आयोगका नवनियुक्त सदस्य राजनराज जोशीको नियुक्ति अनुमोदन गर्नुको साथै वडा २५ न्हूखास्थित गुठी संस्थानको जग्गा भाडामा लिएर पार्क बनाउने, वडा १७ इन्द्रायणी मन्दिर परिसरमा निर्माणाधीन सत्तलको म्याद थप गर्ने, वडा १५ भगवान पाउस्थित पुलेस्वाँ पुखु जीर्णोद्धार गर्नेलगायत निर्णय गरेको महानगरपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनुभोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार