सभ्यताको स्रोत वाग्मती नदीको उत्पत्ति र महत्व
नेपालबहस संवाददाता
पुस २५, २०७७ शनिबार १३:५०:५४
काठमाडौं । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मृगेन्द्र शिखरबाट राजधानीको सभ्यताको स्रोत वाग्मती प्रकट भएको छ । यो स्थल अहिले गोकर्णेश्वर नगरपालिकाको भौगोलिक सीमामा पर्दछ ।
नृसिंहले हिरण्यकशिपुलाई मारेपछि यसै पर्वतमा आएर मृगको इन्द्रसमान सिंह रुपको शिर धारण गरी विचरण गरेकाले मृगेन्द्र शिखर नामकरण भएको विभिन्न पुराणमा उल्लेख गरिएको छ । वाग्मती उत्पत्ति भएकाले यो स्थानलाई वाग्द्वार भनिन्छ । भक्त प्रल्हादले एक हजार वर्षसम्म भगवान् शिवजीको तपस्या गरे ।
तपस्याबाट शिव अति प्रसन्न भई हाँसो प्रकट भयो । भगवान् शिवको अट्टहासले मुखबाट थुकका छिटा निस्कँदा वाग्मती प्रकट भएको किम्वदन्ती विभिन्न पुराणमा उल्लेख गरिएको छ । शिवको मुखबाट उत्पत्ति भएकाले वाग्मतीलाई शिवगङ्गा र ब्रह्म सरस्वती पनि भनिन्छ । शिवपुरीको उत्तर मुखबाट वाग्मती र दक्षिण मुखबाट विष्णुमती प्रकट भइन् । यही शिखरको पूर्व दक्षिणतिरबाट रुद्रमती धोबीखोलाको उत्पत्ति भएको छ ।
मणिचुड पर्वत वज्रयोगिनीको डाँडोबाट मणिमति मनोहरा उत्पन्न भएको छ । साथै, उपत्यकाको विभिन्न स्थानबाट इक्षुमती टुकुचा, हनुमती हनुमन्ते, भद्रमती भातेखुशी र प्रभावती नख्खुखोला वाग्मतीमा मिसिन्छन् । वाग्मतीमा मिसिने यी सात नदीको समूहलाई सप्तमती पनि भन्ने गरिएको ‘वाग्मती काठमाडौँ सभ्यताको मुहान’ पुस्तकका लेखक एवं पूर्व सचिव विष्णुगोपाल रिसाल बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा जुटे
जेठ ५, २०८१ शनिबार
'कोपिलाका सुगन्ध’ बजारमा
जेठ ५, २०८१ शनिबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार