सबै स्थानीय तहमा सुरक्षित सुत्केरी गराउनेको संख्या बढ्यो
नेपालबहस संवाददाता
पुस २५, २०७७ शनिबार १५:१५:५८
२५ पुष, डोटी । पछिल्लो समय जिल्लामा सुरक्षित सुत्केरी गराउने महिलाको सङ्ख्या बढेको छ । यहाँका दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौवटा स्थानीय तहका सबै स्वास्थ्य संस्थाले बर्थिङ सेन्टरमा गई सुरक्षित सुत्केरी हुने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
बर्थिङ सेन्टरमा सुत्केरी हुन आउन थालेपछि जिल्लामा मातृ तथा शिशु मृत्युदरमा निकै कमी आएको जिल्ला स्वास्थ्य कार्यालय डोटीको तत्थ्याङ्कमा उल्लेख गरिएको छ । पछिल्ला वर्षमा बर्थिङ सेन्टरमै गएर सुत्केरी गराउने महिलाको सङ्ख्यामा वृद्धि हुँदै गएपछि मातृ तथा शिशु मृत्युदर घट्दै गएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनले भने, “बर्थिङ सेन्टरमा सुत्केरी हुन आउनेको सङ्ख्या बढेको छ, जसले गर्दा आमा र बच्चाको मृत्यु दर निकै घटेको छ ।”
बर्थिङ सेन्टरमा सुरक्षित सुत्केरी हुन आउनेको सङ्ख्या महिनैपिच्छे बढ्दै जान थालेको स्वास्थ्य कार्यालय डोटीको तथ्याङ्कले देखाएको छ । जिल्लामा रहेका कूल ५२ स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर सञ्चालनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाको विकट क्षेत्रमा पर्ने बडिकेदार गाउँपालिकाको घागल तथा बोगटान फुड्सिल गाउँपालिकामा पनि बर्थिङ सेन्टर स्थापना भएसँगै त्यहाँका विभिन्न ग्रामीण महिला पनि अहिले बर्थिङ सेन्टरमै आएर सुत्केरी हुन थालेका छन् ।
यहाँका कतिपय स्वास्थ्य चौकीले पनि सुरक्षित प्रसूति सेवा सञ्चालनमा ल्याएकोे भए पनि भवन अभावमा प्रसूति गराउन समस्या हुने गरेको कडीकेदार गाउँपालिका–१ की बन्दना कलेलले बताए । उनले भने, “गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर सञ्चालन भएका छन् तर भवन अभावमा सुत्केरी हुन जाने महिलालाई समस्या हुँदै आएको छ ।”
स्वास्थ्य संस्थाले सुरक्षित प्रसूति सेवा सञ्चालन गरेसँगै स्वास्थ्य संस्थामै आएर प्रसूति गराउने महिलाको सङ्ख्या डोटीमा ७३ प्रतिशतले वृद्धि भइरहेको भए पनि सरकारी पूर्वाधारको अभावमा सेवा दिन समस्या परेको स्वास्थ्य कार्यालयका प्रमुख मलासीले बताए । उनले भने, “सुरक्षित प्रसूति सेवा शुरु भयो, तर केही स्वास्थ्य संस्थामा भवन नहुँदा समस्या देखिएको छ, स्वास्थ्य संस्थामा सबैभन्दा पहिले भवनसहितका पूर्वाधारको विकास हुनु जरुरी देखिन्छ ।”
यसैगरी जिल्लाका विभिन्न स्थानमा प्रसूति सेवा सञ्चालन भए पनि आदर्श गाउँपालिकाको लामीखालमा भने अहिलेसम्म बर्थिङ सेन्टर स्थापना हुन नसकेको स्थानीयवासी हर्कबहादुर नेपालीले बताए । उनले भने, “बर्थिङ सेन्टर स्थापना गर्न पहिले नै घोषणा भएको थियो, अहिलेसम्म सञ्चालन नहुँदा सुत्केरी गराउन महिलालाई निकै समस्या उत्पन्न भएको छ ।”
कोभिड–१९ का कारण आदर्श गाउँपालिकाको लामिखालमा अहिलेसम्म बर्थिङ सेन्टरको सञ्चालनमा समस्या भएको र केही दिनमा सञ्चालन गरिने स्वास्थ्य प्रमुख मलासीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ५, २०८१ शनिबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनुभोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार