विजय शान्ति सहकारीमा नयाँ कार्यसमिति निर्वाचित
नेपालबहस संवाददाता
पुस २६, २०७७ सोमबार ०:२२:५२
२६ पुष, काठमाडौं । विजय शान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिबार सम्पन्न १२ औँ वार्षिक साधारण सभाले जयन्द्रमान सिं बनियाको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
संस्थाको उपाध्यक्षमा त्रिरत्न तुलाधर, सचिवमा वृद्धिमान शाक्य र कोषाध्यक्षमा पूर्णरत्न बज्राचार्य निर्वाचित भएका छन्, भने सदस्यहरुमा त्रिरत्न मानन्धर, दुर्गा शाक्य र कमला देउजा कंसाकार निर्वाचित भएका हुन् । लेखा समितिको संयोजकमा रजनी ताम्राकार तथा सदस्यहरुमा सुशीला शाक्य र चिनीमैंया मानन्धर चयन भएका हुन् ।
साधारण सभामा दिइएको जानकारी अनुसार संस्थाको आर्थिक वर्ष २०७७/७८ को भदौ मसान्तसम्ममा कुल बचत निक्षेप रु ११ करोड ३९ लाख ५० हजार, कुल कर्जा सापटी रु ७ करोड ३९ लाख ७५ हजार र कुल लगानी रु ३ करोड ८२ लाख ५ हजार पुगेको छ ।
अध्यक्ष बनियाले संस्थाले कर्जा असुलीमा वृद्धि गर्नाका साथसाथै लगानीमा पनि वृद्धि गर्न सकेको बताए । उनका अनुसार गत आवमा कार्य सञ्चालनबाट रु ३९ लाख ३६ हजार आय भएकामा सञ्चालन खर्च, कर्मचारी तलब र जोखिम कोष समेतको व्यवस्था गर्दा रु ८ लाख ८६ हजार न्यून हुन पुग्यो । संस्थामा ६० जना शेयर धनी रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी निकायसँग भएका डकुमेन्टबाट सहकारी ठगीको छानबिन थाल्ने समितिको निर्णय
असार २, २०८१ आइतबार
कछुवा गतिमा काम गरिरहेको सहकारी छानबिन समितिले आज कार्यविधि पास गर्ने
असार २, २०८१ आइतबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
सडक कालोपत्र गर्ने काम बीचमै छाडेर ठेकेदार फरार
असार ३, २०८१ सोमबार
पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल
असार ३, २०८१ सोमबार
विश्व बैंकको अनुदानमा बागलुङका तीन सडक कालोपत्र हुँदै
असार ३, २०८१ सोमबार
विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्ग र अर्थमन्त्री पुनबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
करेण्ट चाउचाउमा किरा भेटिएको समाचार कपोलकल्पित फण्डा मात्रः यशोदा फुड्स
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेललाई बर्लिनमा गार्ड अफ अनर
असार ३, २०८१ सोमबार