प्रधानमन्त्री ज्यू ! के धनगढीमा भेटिएनन् निर्मला पन्तका हत्यारा ?
इन्द्र रिजाल
माघ १, २०७७ शुक्रबार २:१४:११
प्रधानमन्त्री केपी शर्मा ओली अजकल दिनहुँ जसो पार्टीका कार्यक्रमहरु र आफूपक्षीय नेता तथा कार्यकर्ताहरुको जमघट, भेटघाट र कहिलेकाँही आमसभाहरुमा समेत देखिन थालेका छन् ।
बर्षौसम्मको बालुवाटार बसाईको दिग्दारी बिर्सन या आफुसँगै बसेका पार्टीका नेता तथा कार्यकर्ताहरुसँगको बिछोडिएको पिडा भुल्न, वरियताक्रममा सधैं आफुलाई पार्टीको पहिलो अध्यक्ष भएर पनि पार्टीमा आएका समस्या चिर्न नसकेको दोष अरुलाई थुपार्न या चुनाव भै हाल्यो भने जनताको सहानुभूति जनमत बटुल्न उनी आफ्नाे लाचारीको कालोछाँया आफैसँग बोकेर कहिले कैलाली त कहिले मधेश दौडाहामा निस्किएका देखिन्छन् । कहिले झापा त कहिले काठमाडाैं कै होटेल होटेल भौतारिरहेका देखिन्छन् ।
नेपाली नागरिकहरुलाई भने अर्कै कुराको चिन्ता छ । कतै प्रधानमन्त्रीको कार्यक्रममा पुग्न पाईएन भने यिनका हावादारी गफका मनोरञ्जनात्मक टिकटक बनाउन पो छुटिहाल्छ कि भनेर मोबाईल बोकेर आमसभा तथा जमघटमा तम्तैयार भएर बसेका देखिन्छन् ।
नेपाली महिला आन्दोलनको कालो दिन या महिला मुक्ति आन्दोलनको अवशान भएको दिन, निर्मला पन्तको बलात्कार र हत्याको घटनाले नेपालीहरुलाई निक्कै भयाभह पिडा बोकाएर गएको छ । निर्मला पन्त लगायत त्यसपछिका तमाम बालिका बलात्कारका घटनाको फेहरिस्त हेर्दा वर्तमान सरकार नागरिकको सुरक्षा र कानूनी राज्यको व्यवस्थापन गर्न असक्षम झै देखिएको छ ।
प्रधानमन्त्री ज्यू ? तपाई त कैलाली पुगेर आउनु भो । के कैलालीमा पनि भेटिएनन् निर्मला पन्तका हत्यारा र बलात्कारी ? मुलुकको सिंगो कानून र राज्यशक्तिको श्रोत हातमा लिएर अर्धचेतन अवस्थामा बर्बराउँदै आफु के बोलिरहेको छु, के गरिरहेको छु भन्ने सामान्य चेतन अवस्था समेत पार गरिसकेकै हुन त हाम्रो देशको प्रधानमन्त्रीले ?
सरकारमै संलग्न दलका वरिष्ठ नेताहरुको संरक्षणमा बलात्कारीले सजाय नपाएको भन्ने समाचारदेखि १५ दिनभित्रमै बलात्कारी र हत्यारा पत्ता लगाउन गएका सुरक्षा निकायका कर्मचारीहरु पनि अहिलेसम्म अनुसन्धानमै मात्रै सीमित हुन पुगेको देखिन्छ । सिंगो सरकार लाग्दा पनि, देशको सुरक्षा निकायले खोजी गर्दा पनि भेटन नसकिएको बलात्कारीलाई नेकपा कै एउटा पक्षको साथ र समर्थन छ भनेर निक्कै अफवाह पनि फैलाईएको थियो । वर्तमान प्रधानमन्त्रीलाई प्रचण्ड समूहको दवावका कारण निर्मला पन्तको हत्यारा पत्ता लगाउन समस्या परेको भन्ने समाचारहरुले पनि कुनै समय प्रशस्तै ठाउँ पाएको थियो ।
तर अहिलेका प्रधानमन्त्रीलाई अब कुनै पनि पक्षको दवाव र रोकावट छैन । त्यहि भएर अझैपनि निर्मला पन्तको हत्यारा र बलात्कारी पत्ता लाग्ला कि भन्ने झिनो आशा बोकेर उनको परिवार बसीरहेको छ । सिंगो मुलुक न्यायको भीख माग्दै अपराधीलाई सजाय दिलाउन कम्मर कसिरहेको छ । तर पनि निर्मलाको बलात्कारी र हत्यारा फरारको फरारै छ ।
केहीदिन अघि मात्रै निक्कै तामझामका साथ सरकारी ढुकुटीको चरम दुरुपयोग गर्दै नेकपाका प्रचण्ड–माधव समूहका नेताहरुलाई गाली गर्न प्रधानमन्त्री धनगढीतर्फ हानिए । धनगढी पुगेर उनले प्रचण्ड–माधव समूहलाई मज्जाले नै पखाल्न भ्याए । जसको भिडियो टिकटक अहिले हरेक नेपालीका हातहातमा रहेको मोबाइर्लहरुमा मज्जाले बजिरहेका छन् ।
त्यहाँ केही युवाहरु प्रधानमन्त्रीको आगमनको खुशीयालीमा कतै निर्मला पन्तका हत्याराहरुको खोजी कार्यमा सहजता पुग्छ कि भनेर, देशको प्रधानमन्त्रीको आँखा र कानसम्म निर्मलाले न्याय नपाएको कुरा जानकारी होस् भनेर निर्मलाको हत्यारा खै सरकार ? भन्ने श्लोगन लेखेका टि–सर्टमा उपस्थित भएका थिए । तर ती नागरिकहरुमाथि गरिएको बर्बर दमनको दृष्यले वर्तमान सरकार निर्मलाको हत्यारा लुकाउने सुनियोजित षडयन्त्रमा लागेको प्रष्ट हुन्छ ।
बालुवाटारमा बिर्यानी खाएर कैलालीमा डकार्न पुगेर पनि निर्मलाका हत्यारा खै ? भनेर तिम्रा सामू न्यायको भीख माग्न आउने बिचरा बबुरा निहत्था नागरिकलाई पनि तिम्रा आखाँले देख्न सकेन हैन ? के अब तिम्रो ओलीराजमा न्यायका लागि कोही कसैले आवाज उठाउनै नपाउने हो ? के तिमिलाई निर्मलाको बलात्कार र बलात्कारपछिको हत्या झापा आन्दोलन भन्दा सानो भो भन्ने लागेको हो ?
साच्ची प्रधानमन्त्री ज्यू ? तपाई त कैलाली पुगेर आउनु भो । के कैलालीमा पनि भेटिएनन् निर्मला पन्तका हत्यारा र बलात्कारी ? मुलुकको सिंगो कानून र राज्यशक्तिको श्रोत हातमा लिएर अर्धचेतन अवस्थामा बर्बराउँदै आफु के बोलिरहेको छु, के गरिरहेको छु भन्ने सामान्य चेतन अवस्था समेत पार गरिसकेकै हुन त हाम्रो देशको प्रधानमन्त्रीले ? अहिले सर्बत्र यही कुराको आशंका, चिन्ता र चासोको बिषय बनेको छ ।
कैलालीका जनताको अहो भाग्य हो, त्यहाँका जनताले देशका शक्तिशाली प्रधानमन्त्रीको दर्शन गर्न पाए । त्यही कैलालीमा हो प्रधानमन्त्री ज्यू, हाम्री प्यारी चेली निर्मला पन्तको ईज्जत लुटिएको । ईज्जत लुटनकै लागि हातखुट्टा भाँचिउञ्जेल कुटिएको । कुटने र ईज्जत लुटने मात्र हैन बिचरी बबुरी बालिकाको हत्या समेत गरिएको कुराको सूचना के तिम्रा बालुवाटारका सूचना अधिकारीहरुले कुनै सूचना प्रवाह गराएनन् ?
सुनिन्थ्यो, निर्मला पन्तको बलात्कार र हत्या गर्नेहरुको भीडमा तिम्रै मतियारहरुको समेत संलग्नता छ रे । यही सरकारले हैन् निर्मलाको बलात्कारपछि हत्या गर्नेलाई सरकारले चिनेको छ तर प्रचण्डले कार्वाही गर्न दिएनन् भनेको ? अहिले त प्रचण्ड आफै न्याय माग्न सडकमा ओर्लिएका छन्, तिम्रो चुरीफुरी हेर्दा अब सबै काम एकैसासमा फत्ते होला कि भन्ने आशा पनि एउटा कुनामा अझै पनि पलाएको छ ।
प्रधानमन्त्री ज्यू ! बालुवाटारमा बिर्यानी खाएर कैलालीमा डकार्न पुगेर पनि निर्मलाका हत्यारा खै ? भनेर तिम्रा सामू न्यायको भीख माग्न आउने बिचरा बबुरा निहत्था नागरिकलाई पनि तिम्रा आखाँले देख्न सकेन हैन ? के अब तिम्रो ओलीराजमा न्यायका लागि कोही कसैले आवाज उठाउनै नपाउने हो ? के तिमिलाई निर्मलाको बलात्कार र बलात्कारपछिको हत्या झापा आन्दोलन भन्दा सानो भो भन्ने लागेको हो ?
नेपाली नागरिकहरुलाई अत्यन्तै ठूलो आशा र विश्वास थियो कि देशका सर्वशक्तिमान प्रधानमन्त्री धनगढी गएर निर्मला पन्तका परिवारलाई ढाढ्स पुग्ने अभिब्यक्ति दिन्छन् । सुरक्षा निकायलाई बलात्कारी र हत्यारा खोज्न थप दवाव दिन्छन् । आफु जस्तै जनताको अभिमत प्राप्त गरेर सभासद भएको रेशम चौधरीको टिकापुर घटनाको सत्यतथ्य बिवरण लिन्छन् भन्ने । तर यिनी त आफ्नै जातभाईको हुर्मत लिनका लागि मात्रै पो धनगढी गएका रहेछन् । धिक्कार छ, यस्ता विवेकहिन मनुष्यलाई, जसले हिजोसम्म एउटै थालमा खाएर एउटै ओछ्यानमा सुतेका प्रचण्ड र माधवलाई सत्तोसराप गर्ने प्रधानमन्त्रीको मुखले निर्मलाको न्यायको लागि बोल्ने कुनै शब्द पाएनन् ।
केही दिनका लागि नेपाली जनताले के मुलुकको तालाचाबी जिम्मा दिएका थिए यिनी त बाचुँञ्जेल बालुवाटार नछाडने अभिमान पो पालेर बसेछन् । सरकारले बिर्सिसकेको, सुरक्षा निकाय नेताको नाम मुछिएला भनेर तर्किसकेको, बिषय अथवा मुद्धालाई यसरी सम्झाई दिँदा त झन धन्य हुनुपर्ने होईन र प्रधानमन्त्री ज्यू ? तर यहाँ त जो सही छ, जो ईमान्दार छ, उही नै उल्टै अपराधीमा गणना हुनसक्ने खतरा बढेर गएको छ ।
प्रधानमन्त्री ज्यु ! तपाईलाई कुनै चिन्ता लाग्दैन कि तिम्रो जस्तै एउटा परिवारले आफ्नाे सन्तान गुमाएको छ, छिमेकीले एउटा असल चेली । बिद्यालयले एउटा असल र ईमान्दार बिद्यार्थी गुमाएको छ त समाजले एक निडर महिला अधिकारकर्मी । सिंगो मुलुकले एउटा असल नागरिक गुमाएको छ, जो भोलीको पासांङ लामु शेर्पा थिईन, सिता, भृकुटी र शुशिला कार्की थिइन् । अझै भन्न आँट गर्दागर्दै कलम टक्क अडियो । किन अगाडि बढने ? आफै अलमलमा परियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपगठबन्धन दलका नेताहरुले त्रासद राजनीतिको खेती गर्न खोजेका हुन् ?
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
संसदको गतिरोध हटाउनेबारे सत्ता पक्ष र विपक्षी कांग्रेससँग छलफल गर्दै सभामुख
जेठ ५, २०८१ शनिबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
नेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार