कास्कीमा पिउने पानी दूषित भेटिएपछि अदालतमा मुद्दा !
नेपालबहस संवाददाता
माघ ५, २०७७ सोमबार १६:२०:५७
५ माघ, गण्डकी । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराले नेपा मिनेरल वाटर प्रालिले वितरण गर्दै आएको प्रशोधित पिउने पानी दूषित भेटिएपछि जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको छ । पोखरा–१८ भकुण्डेमा अवस्थित सो उद्योगबाट २०७६ साल असोज महिनामा उत्पादित पानीको नमुना लिई प्रयोगशालामा परीक्षण गर्दा कोलीफर्म भेटिएको जानकारी दिँदै कार्यालय प्रमुख शिवजी बरालले शुक्रबार अदालतमा मुद्दा दायर गरिएको बताए ।
लामो प्रक्रिया एवं परीक्षणका लागि लुम्बिनी प्रदेशको भैरहवामा पठाउनु पर्ने बाध्यता रहेको बताउँदै उनले छिटोछरितो परीक्षण गरी जनस्वास्थ्यमा पर्ने असरलाई न्यूनीकरण गर्न गण्डकी प्रदेशमा प्रयोगशाला स्थापना गरी सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए ।
भैरहवामा समेत जनशक्तिको अभावका कारण रिपोर्ट आउन ढिलो हुने गरेको स्पष्ट पार्दै प्रमुख बरालले खाद्य ऐनअनुसार प्रति १०० एमएलमा कोलिफर्मको मात्रा शून्य हुनुपर्दछ । उक्त प्रशोधित पिउने पानीमा कोलिफर्मको उपस्थिति पाइएकाले मुद्दा दायर गरिएको हो ।
खाद्य ऐन, २०२३ को दफा ‘३’ उल्लङ्घन गरी दूषित प्रशोधित पिउने पानी उत्पादन गरी विक्री वितरण गरेकोले उक्त उद्योग विरुद्ध खाद्य ऐन, २०२३ दफा ५९१० बमोजिम कार्वाहीको माग गरिएको छ । उक्त ऐनअनुसार रु ५० हजार जरिवानासहित पाँच वर्ष कैद वा दुवै सजाय हुने कानूनी व्यवस्था छ । यसअघि कार्यालयले पोखरा औद्योगिक क्षेत्रस्थित पोखरा नुडल्स प्रालिद्वारा उत्पादित चाउचाउ न्यून गुणस्तरीय देखिएकोले मुद्दा दायर गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
काभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
के मधुमेहका बिरामीले गर्मीमा नरिवलको पानी पिउन मिल्छ ?
जेठ ५, २०८१ शनिबार
वागमती प्रदेशमा विशेषाधिकार समिति गठन
जेठ ५, २०८१ शनिबार
मकवानपुरको ठिंगनमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु
जेठ ५, २०८१ शनिबार
वैदेशिक रोजगारीमा भएको ठगीलाई सरकारले हेर्नुपर्छः देउवा
जेठ ५, २०८१ शनिबार
समिति गठन गर्ने कुरामा प्रधानमन्त्रीको दोहोरो चरित्र
जेठ ५, २०८१ शनिबार