कपिलवस्तुमा सहकारीले खोल्यो सुपथ मूल्यका पसल
नेपालबहस संवाददाता
माघ १३, २०७७ मंगलबार २१:३१:३
१३ माघ, चन्द्रौटा । कपिलवस्तुको बुद्धभूमि–४ बुड्डीस्थित सूर्य बहुउद्देश्यीय सहकारी संस्थाले सुपथ मूल्यका पसल सञ्चालन गरेको छ । लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदानमा सुपथ पसल सञ्चालन गरेको हो । सुपथ पसल नाम दिएर सञ्चालनमा ल्याएको उक्त पसलले सुपर मार्केटको झल्को दिने गरी सञ्चालनमा आएको छ ।
सोमबारदेखि औपचारिक रुपमा शुरु भएको सो पसलका लागि लुम्बिनी प्रदेश सरकारले सहकारी संस्थालाई रु २१ लाख अनुदान दिएको थियो । अनुदान रकममध्ये रु १६ लाख भवन निर्माणमा र रु सात लाख पसल सञ्चालनमा लगानी गरिएको छ । सुपथ पसल सञ्चालनका लागि संस्थाले थप रु ३५ लाख लगानी गरेको छ । पसल सञ्चालन भएपछि स्थानीयस्तरमा उत्पादन सामग्री बिक्री वितरणमा सहज भएको सूर्य बहुउद्देशीय सहकारी संस्थाका व्यवस्थापक लेखनाथ खनालले बताए ।
पसलमा स्थानीयस्तरमा उत्पादन भएका खाद्यान्न, मरमसला, दैनिक उपभोग्य हुने सामग्री खरीद बिक्री हुनेछ । सुपथ पसल सञ्चालनमा आएपछि कालोबजारी निरुत्साहित भई सहुलियत दरमा सामग्री खरीद गर्न पाउने स्थानीय रुपेशकुमार श्रेष्ठले बताउनुभयो । स्थानीय कृषकले उत्पादन गरेका तरकारी, सहकारीका सदस्यले उत्पादन गरेका सामग्री सिधँै ग्राहकसँग पुग्ने भएपछि बिचौलियाले खाने कमिसनसमेत अन्त्य हुने विश्वास गरिएको छ ।
अहिले स्थानीय बजारमा बिक्री गर्ने योजना रहे पनि आगामी वर्षदेखि अन्य सुपथ पसलसँग समन्वय गरी बाह्य जिल्लामा स्थानीय उत्पादन बिक्री गर्ने लक्ष्य लिएको सहकारीका अध्यक्ष मुरलीधर घिमिरेले बताए । सहकारीमा ८०० बढी शेयर सदस्य रहेका छन् । शेयर सदस्यका लागि विशेष छुटकोसमेत व्यवस्था गरिएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी निकायसँग भएका डकुमेन्टबाट सहकारी ठगीको छानबिन थाल्ने समितिको निर्णय
असार २, २०८१ आइतबार
कछुवा गतिमा काम गरिरहेको सहकारी छानबिन समितिले आज कार्यविधि पास गर्ने
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार
हुण्डीे र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार
मौरी घारबाट मह निकाल्दै किसान
असार ३, २०८१ सोमबार