यस वर्ष हिउँद याममा हिमपात र पानी नपर्दा किसान चिन्तित
नेपालबहस संवाददाता
माघ १४, २०७७ बुधबार २०:४५:११
१४ माघ, जुम्ला । जुम्लामा हिउँदे वर्षा र हिमपात नहुदाँ यहाँका किसान चिन्तित भएका छन् । यस वर्ष हिउँद याममा हिमपात र पानी नपर्दा हिउँदे बालीनाली उत्पादनमा असर पुग्ने तिला गाउँपालिका– २ का किसान रतनबहादुर रोकायाले बताए ।
उनले भने, “गत वर्षको मङ्सिर, पुष र माघमा गरी पाँच पटक हिमपात र वर्षा भएको थियो । हिउँदे बालीदेखि नयाँ स्याउ बिरुवालाई फाइदा गरेको थियो ।” यो वर्ष माघको मध्यमा पनि हिपतात र वर्षा नहुँदा स्याउका बिरुवादेखि हिउँदेखेतीलाई असर परेको किसान रोकायाले बताए । ”
हिउँदेयाममा पानी नपरेकाले गहुँ, तोरी, फापरलागयतका बालीमा सुख्खा लागेकाले ४० देखि ६० प्रतिशत उत्पादन घट्ने सम्भावना रहेको कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख बालकराम देवकोटाले बताए । “माघ महिनाभित्र पानी परे केही राहत मिल्छ । धेरै नोक्सानी हुँदैन”, उनले भने । हिउँदे बालीलाई कात्तिक र मङ्सिरमा पानी पर्दा उत्पादन वृद्धि हुने कार्यालय प्रमुख देवकोटाले बताए ।
यो वर्षको जाडोमा पश्चिम र पूर्वका केही क्षेत्रमा छिटफुट पानी परे पनि विगतमा जस्तो हिउँदे वर्षा भएको छैन । बाली लगाउन समस्या हुने तथा आकाशे पानीको भर पर्ने किसानका गहुँलगायत बालीमा प्रभाव पर्ने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । हिमाली जिल्लामा यसवर्ष धैरे वर्षा र हिमपात परेको छैन । पश्चिमका केही स्थानमा हल्का पानी परेको भए पनि अन्य ठाउँमा तीन महिनादेखि पानी नपरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णाली प्रदेशः मन्त्री शाहद्वारा सपथ ग्रहण
जेठ ९, २०८१ बुधबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
रौतहट ट्राफिकद्वारा २२ दिनमा ३३ लाख बढी राजश्व संकलन
जेठ १०, २०८१ बिहिबार
ललितपुरको हात्तिवनमा उभौली पर्वको रौनक [ फोटोफिचर ]
जेठ १०, २०८१ बिहिबार
सिन्थेसिस: इतिहासको पुर्नव्याख्या, हिन्दु गणतन्त्र अपरिहार्य
जेठ १०, २०८१ बिहिबार
स्वयम्भू महाचैत्यमा दर्शनार्थीको भीड
जेठ १०, २०८१ बिहिबार
छामघाट खोला र चुप्रा खोलाको सङ्गमस्थल
जेठ १०, २०८१ बिहिबार
खेतबारीमा लहलह झुलिरहेका अन्न
जेठ १०, २०८१ बिहिबार