कर्णाली प्रदेशमा सात फरार अभियुक्त पक्राउ
नेपालबहस संवाददाता
माघ १६, २०७७ शनिबार १:५३:४८
१६ माघ, कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका विभिन्न जिल्ला प्रहरी कार्यालयद्वारा सात फरार अभियुक्त पक्राउ गरिएको बताइएको छ । फरार अभियक्त पक्राउ अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेतले लेनदेन मुद्दाका एक र सार्वजनिक मुद्दाका तीन अभियुक्त पक्राउ गरेको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाबाट वन मुद्दाको एक र कर्तव्य ज्यान मुद्दाका दुई फरार अभियुक्तलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक धु्रवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ गरिएका अभियुक्तलाई सम्बन्धित जिल्ला अदालतमा बुझाइएको छ । त्यस्तै, वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत एकतानगर टोलस्थित भीमलाल भट्टराईको घरमा कोठा भाडामा आएका दुई युवालाई ३६० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको सहप्रवक्ता श्रेष्ठले बताए ।
उहाँका अनुसार लागुऔषध बेचबिखन कारोवार गरिरहेको भन्ने सूचना पाउने वित्तिकै प्रदेश ब्यूरोको प्रहरी नायब निरीक्षक नारायण शर्माको टोलीले कारोवारस्थलमै पक्राउ गरेको थियो । परालमुनि प्लास्टिकको पुरियामा लुकाइछिपाइ राखेको अवस्थामा लागुऔषध ब्राउन सुगरसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
“पक्राउ पर्नेमा खजुरा गाउँपालिका–८ बाँके जिल्लामा बस्ने २८ वर्षीय सब्बिर खाँन छन्,”उनले भने, “उनीहरुबाट सेतो रङको १७ वटा नाइट्रोभेट जस्तो देखिने ट्याब्लेट र रु १७ हजार ८५० नगदसहित बरामद गरिएको छ ।” पक्राउ परेका दुबैको आवश्यक अनुसन्धान थालिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णाली प्रदेशः मन्त्री शाहद्वारा सपथ ग्रहण
जेठ ९, २०८१ बुधबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
आर्थिक लेनदेन कारोबार वा तिर्नुपर्ने रकम समयमा नतिर्दा के हुन्छ अमेरिकामा ?
जेठ १०, २०८१ बिहिबार
आगलागीबाट ३५ घर नष्ट, ५० लाखको क्षति
जेठ १०, २०८१ बिहिबार
चैत्य, गुम्बा र विहारमा बौद्धमार्गीको भीड
जेठ १०, २०८१ बिहिबार
पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज
जेठ १०, २०८१ बिहिबार
ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार
जेठ १०, २०८१ बिहिबार
अभिनेता शाहरुख खान अस्पताल भर्ना
जेठ १०, २०८१ बिहिबार