करिब १० महिनापछि जुम्लाका विद्यालयमा पठनपाठन शुरु
नेपालबहस संवाददाता
माघ २१, २०७७ बिहिबार १:९:१७
२१ माघ, खलङ्गा । विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस ‘कोभिड–१९’ का कारण करिब १० महिनादेखि बन्द रहेका जुम्लाका विद्यालयमा पठनपाठन शुरु भएका छन् । गत चैत २०७६ बाट बन्द भएका जुम्लाका सामुदायिक विद्यालयमा पठनपाठन शुरु भएका हुन् । यहाँका आठमध्ये पाँच स्थानीय तहका सामुदायिक विद्यालयमा पठनपाठन शुरु भएका छन् । गत चैतबाट बन्द भएका जिल्लाका सामुदायिक विद्यालयमा पठनपाठन शुरु भएको तिला गाउँपालिकाका शिक्षा, युवा तथा खेलकूद शाखाका सहसंयोजक दीपेन्द्रराज हमालले बताए ।
तिला गाउँपालिका–१ स्थित सीता माध्यमिक विद्यालयमा पढाइ शुरु भएकै दिनमा ७० प्रतिशतभन्दा बढी विद्यार्थी उपस्थिति रहेको उनले जानकारी दिए। कक्षा १ देखि ५ सम्मका विद्यार्थीको उपस्थिति केही कम भए पनि माथिल्लो कक्षामा विद्यार्थीको उपस्थिति राम्रो रहेको शिक्षक रुनबहादुर रावतले बताए । नेपाल सरकारले लागू गरेको स्वास्थ्य मापदण्डअनुसार विद्यार्थी तथा शिक्षकका लागि अनिवार्य मास्कको प्रयोग गरिएको सो विद्यालयले जनाएको छ ।
पालिकाभित्रका २७ वटै सामुदायिक विद्यालय माघको दोस्रो साताबाट सञ्चालनमा आएको गाउँपालिका शिक्षा शाखाले जनाएको छ । यहाँको सिंजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाले माघ २० गतेबाट पालिकाभित्रका सबै विद्यालयमा पठनपाठन शुरु गरेको सिंजा गाउँपालिकाका प्रवक्ता नविन शर्माले बताए । गुठीचौर गाउँपालिका र तातोपानी गाउँपालिकाले पनि माघको दोस्रो साताबाट सबै विद्यालयमा पठनपाठन सञ्चालनमा ल्याएको तातोपानी गाउँपालिकाका सूचना अधिकारी ओमबहादुर चन्दले बताए ।
नयाँ शैक्षिक सत्र शुरु हुन लागेका बेला पठनपाठन शुरु भएको हुँदा विद्यार्थीको उपस्थिति सन्तोषजनक रहेको गुठीचौर गाउँपालिकाका शिक्षा अधिकृत प्रेमराज खनाले बताए । विद्यार्थी र शिक्षकले कोरोना सङ्क्रमण विरुद्धका सामग्री प्रयोग गरेर विद्यालय सञ्चालनमा ल्याएको यहाँका स्थानीय तहले जनाएका छन् ।
जिल्लाको सदरमुकाम खलङ्गा बजारस्थित चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकाले यही माघ २६ गतेबाट सामुदायिक विद्यालयको पठनपाठन सञ्चालनमा ल्याउने चन्दननाथ नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईले बताए। फागुन २ गतेबाट जुम्ला जिल्लाका विद्यालयमा नयाँ शैक्षिक सत्र शुरु हुनुपर्नेमा कोरोनाका कारण भर्खर पढाइ शुरु भएकाले पठनपाठनलाई तीव्रता दिने विद्यालयले जनाएका छन् ।
पठनपाठन शुरु भएका अधिकांश विद्यालयका शिक्षक विद्यालयमा पुगि सकेको र केही नआएका शिक्षक पनि आउन थालेको स्थानीय तहका शिक्षा शाखाले जनाएका छन् । जिल्लामा फागुनबाट विद्यालय सञ्चालन हुने गरेको थियो । कोभिडले विद्यार्थीको पढाइमा प्रभावित पारेकाले जुम्लाका स्थानीय तहले पहिलोपटक माघ महिनामा पठनपाठन शुरु गरेका हुन् ।
सौर्य प्रणालीबाट विद्युत् उत्पादन
यहाँको दुई स्थानीय तहमा सौर्य प्रणालीबाट विद्युत् उत्पादन हुने भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौँको सहयोगमा गुठीचौर गाउँपालिका–२ मुरेली गाउँमा ५० र तिला गाउँपालिका–६ पोखरी गाउँमा ५० किलोवाटका सौर्य प्रणाली जडान गर्न लागेको तिला गाउँपालिकाका अध्यक्ष रतनाथ योगीले बताए ।
गुठीचौरमा सौर्य विद्युत् उत्पादन गर्न रु ३५ लाख र तिलामा रु ३३ लाख रकम विनियोजन भई बोलपत्र भइसकेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौंले जनाएको छ । केन्द्रको अनुदानमा स्थानीय तहको स्वामित्व रेखदेख गर्ने गरी सौर्य विद्युत् प्रणाली जडान गर्न लागिएको हो । विद्युत्को राष्ट्रिय प्रसारण केन्द्रसँग नजोडिएको कर्णालीमा सौर्य ऊर्जाबाट विद्युतकाे पहुँच वृद्धि गर्ने उद्देश्यले केन्द्रको सहयोगमा सौर्य प्रणालीबाट विद्युत् जडानको सम्झौता भएको र त्यसैअनुसार निर्माणको काम पनि अगाडि बढेको गुठीचौर गाउँपालिकाका अध्यक्ष हरीबहादुर भण्डारीले बताए ।
केन्द्रले कर्णालीका पाँचवटा स्थानीय तहमा तीन महिनाभित्र सौर्य विद्युत् प्रणाली जडान गर्न लागेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौँले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्री र कांग्रेस शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल
जेठ ५, २०८१ शनिबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
नेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार