३ वर्ष पछि हुम्लामा अपाङ्गता परिचयपत्र बाडिदै
नेपालबहस संवाददाता
माघ २३, २०७७ शुक्रबार २१:२५:३६
२३ माघ,सिमकोट । हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाका फरक क्षमता तथा अपाङ्गता परिचयपत्र वितरण गर्न थालिएको छ । स्थानीय सरकार सञ्चालन भएको तीन वर्ष पूरा भए पनि अपाङ्गता परिचयपत्र वितरण समितिले पूर्णता नपाउनुका साथै विशेषज्ञा चिकित्सकको अभावमा परिचयपत्र वितरण कार्य रोकिएको थियो ।
यसअघि तत्कालीन गाविसले निर्धारण गरेको आधारमा गाउँपालिकाले भत्ता वितरण गर्दै आए पनि अब चिकित्सकले जाँच गरेको आधारमा वर्ग छुटाएर वितरण गरीने भएको छ । कोभिड–१९ विरुद्ध खोप सञ्चालनमा खोप लगाउन जिल्ला अस्पतालबाट तल्लो क्षेत्रमा रहेका तीन गाउँपालिकामा पुगेका चिकित्सक नवीन रोकायाको नेतृत्वको टोलीसँग गाउँपालिकाले समन्वय गरी गाउँपालिकाभरिका अपाङ्गता भएका व्यक्तिको जाँच गरी परिचयपत्र दिन थालिएको हो ।
श्रीनगर स्वास्थयचौकीमा वडा १ देखि ६ सम्मका नागरिकको परीक्षण गरेर गाउँपालिकाले क, ख, ग र घ वर्गको परिचयपत्र दिन थालेको छ । अपाङ्गता परिचयपत्र वितरणको लागि स्वास्थ्य परीक्षणका आधारमा ७६ जनालाई अपाङ्गता परिचयपत्र पाउने भएको गाउँपालिकाले जनाएको छ ।
डा रोकायाको नेतृत्वमा अदानचुली पुगेको टोलीले बुधबार र बिहीबार श्रीनगर स्वास्थ्यचौकीमा २०० भन्दा धेरैको चेकजाँच गरेको भए पनि परिचयपत्र पाउने ७६ जना रहेको जिल्ला अस्पताल हुम्लाले जनाएको छ । परीक्षण गरिएकामध्ये २४ ले नेपाल सरकारले दिने अपाङ्गताको भत्ता पाउने परिचयपत्र पाउने भएका छन् भने बाँकी ५२ जले भत्ता नपाउने ग र घ वर्गको परिचयपत्र मात्र पाउँने भएका छन् ।
लौठी स्वास्थ्यचौकी बारीगाउँमा स्वास्थ्य परीक्षण भइरहेको छ । चिकीत्सकले जाँच गरेपश्चात् अपाङ्गता परिचयपत्र वितरण गर्ने आधार तय भएको गाउँपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
समिति गठन गर्ने कुरामा प्रधानमन्त्रीको दोहोरो चरित्र
जेठ ५, २०८१ शनिबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लिए शपथ ग्रहण
जेठ ५, २०८१ शनिबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
संसदको गतिरोध हटाउनेबारे सत्ता पक्ष र विपक्षीसँग छलफल गर्दै सभामुख
जेठ ५, २०८१ शनिबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार