साविकको निर्वाचनभन्दा पाँच वटा मतदानस्थल थपिने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
माघ २७, २०७७ मंगलबार २३:३९:४९
![](https://nepalbahas.prixacdn.net/media/albums/Nirbachan_aayog_VgUceW76jH.jpg)
२७ माघ, सुदूरपश्चिम । आगामी वैशाखमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली जिल्लामा साविकको निर्वाचनभन्दा पाँच वटा मतदानस्थल थपिने भएको छ । विसं २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा जिल्लाभरी २३१ मतदानस्थल रहेकामा नयाँ थपिसमेत गरेर जम्मा २३६ मतदानस्थल पुग्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र ४ मा पर्ने गोदावरी नगरपालिकाको हाटखोली, र बल्मी तथा चुरे गाउँपालिकाको बालुवागडामा नयाँ मतदानस्थल थप्न लागिएको हो । यसैगरी निर्वाचन क्षेत्र–२ मा पर्ने मोहन्याल गाउँपालिकाको साब गाउँमा र निर्वाचन क्षेत्र–५ को धनगढी उपमहानगरपालिका–१४ को एच गाउँमा नयाँ मतदानस्थल थप्न सिफारिस गर्न लागिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले बताए ।
निर्वाचन क्षेत्र–४ को बालुवागडा र हाटखोली गाउँका मतदाताले मतदान गर्न विगतको निर्वाचनमा दिनभरीको बाटो हिँड्नुपर्ने बाध्यता रहेको थियो । नयाँ मतदानस्थल थप्न सिफारिस गर्न लागिएको भए पनि अन्तिम निर्णय भने निर्वाचन आयोगले गर्ने कार्यालय प्रमुख भट्टले बताउनुभयो । जिल्लामा प्रतिनिधिसभा सदस्यका पाँच निर्वाचन क्षेत्र रहेका छन् ।
प्रतिनिधिसभा विघटन भई विसं २०७८ वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा भएसँगै जिल्लामा निर्वाचनको तयारीस्वरुप मतदाता नामावली अध्यावधिकलगायतको काम भइरहेको छ । जिल्लामा पछिल्लो तीन वर्षमा आठ दशमलव पाँच प्रतिशतले मतदाता थपिएका छन् । थपिएका मतदातासमेत गएको पुस ५ गतेसम्म कूल पाँच लाख ४६ मतदाता पुगेको निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार विसं २०७४ मा भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा चार लाख ६० हजार ५७८ मतदाता रहेका थिए । जिल्लामा पुरुषको भन्दा महिला मतदाता बढी छन् । दुई लाख ५६ हजार २०४ महिला मतदाता र दुई लाख ४३ हजार ८३२ पुरुष मतदाता पुगेका छन् । तेस्रो लिङ्गी मतदाता दश जना छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिम प्रदेशको बजेट ३१ अर्ब ६२ करोड
असार १, २०८१ शनिबार
सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३.४१ प्रतिशत हुने अनुमान
जेठ ३२, २०८१ शुक्रबार
कैलालीको रोजगार मेलामा २६ सय बढीले दिए आवेदन
जेठ २९, २०८१ मंगलबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार
मापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग
असार २, २०८१ आइतबार
ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत
असार २, २०८१ आइतबार
पञ्चकोटको विश्वशान्ति कलश निर्माणका लागि ७ करोड संकलन
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार