नगरपालिकाद्धारा किशोरीलाई आत्मरक्षा तालीम
नेपालबहस संवाददाता
माघ २९, २०७७ बिहिबार १९:२२:१७
२९ माघ,दुल्लू । महिला तथा किशोरीको आत्मरक्षाका लागि आठबिस नगरपालिकाले ‘आत्मसुरक्षा तालीम’ सञ्चालन गरेको छ । पछिल्लो समय बलात्कार र यौनहिंसाका घटना बढ्न थालेपछि महिला तथा किशोरीले कठिन परिस्थितिमा आफूलाई कसरी सुरक्षित राखेर प्रतिद्वन्द्वीसँग मुकाबिला गर्ने कलाकौशल तालीममा सिकाइएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले १७ सामुदायिक विद्यालयका ६६ बालिका तथा किशोरीलाई आत्मरक्षा तालीम दिएको अभियान्ता सजना सुनारले बताएकी छिन् । तालीममा बालिका तथा किशोरीहरुलाई गलत नियतले हात समाते, पछाडिबाट अङ्गालो हाल्न खोजे, कपाल समाते, बलात्कार वा यौनहिंसाको प्रयास गर्न खोजे हिंसाबाट जोगिन सातवटा आत्मसुरक्षाका उपाय सिकाइएको छ ।
नगरपालिकाले स्कुले बालिका तथा किशोरीलाई लक्षित गरेर तालीम सञ्चालन गरिएको थियो । पहिलो चरणमा सामुदायिक विद्यालयका बालिका तथा किशोरीलाई आत्मसुरक्षाको सीप सिकाएको छ । आठबिस नगरपालिकाका उपप्रमुख दीपा बोहराले जानकारी दिनुभयो । उपप्रमुख दीपा बोहराले भनीन् ,“बालिका तथा किशोरी आफन्त, छिमेकी तथा नातेदारबाटै असुरक्षित भएकाले आत्मसुरक्षाका लागि तालीम दिएका हौं”, । “आत्मरक्षा तालीम लिएका किशोरी विद्यालयका अन्य छात्रालाई पनि सिकाउने छन् ।” आत्मविश्वासको कमीले बालिका, किशोरी र महिला बलात्कारको शिकार हुने हुँदा आत्मविश्वास जगाइ आत्मरक्षा गर्ने विधि तालीममा सिकाइएको छ ।
तालीममा सहभागी किशोरीले तालीमपछि आफूहरुमा आत्मविश्वास बढेको र सुरक्षित भएको महसुस गरेको बताएका छन् । “तालीम अगाडि कसैले हामीलाई बलत्कार वा यौनहिंसा गर्न खोजे के गर्ने होला भनेर चिन्ता लाग्थ्यौं । तालीम लिएपछि आत्मबल बढ्यो । बच्न तरिका पनि सिक्यौं”, जनज्योति माविकी छात्रा निशा शाहीले बताईन ।
यौनहिंसा तथा दुव्यवहारको प्रयास गरे प्रतिकार गर्न यो तालीमले आफूलाई एक्लो छैनौं भन्ने विश्वास बढाएको छ । शाही मात्र होइनन्, तालीममा सहभागी किशोरी कमला माझीको पनि उस्तै बुझाइरहेको छ । बलात्कारको प्रयास गर्ने व्यक्तिको आँखामा दबाब दिने, संवेदनशील अङ्गमा प्रहार गर्ने तालीमबाट सिकेका छौ । “तालीम पश्चात आत्मविश्वास बढेको छ, सुरक्षित महशुस गरेका छौ”, उनले भनीन् ।
जिल्लामा ६ महिनायता सात वटा बलात्कार र यौनहिंसाका घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । केही व्यक्तिलाई हिरासतमा राखी अनुसन्धान भइरहेको र केही व्यक्तिलाई पूर्पक्षको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
आत्मसुरक्षा सीपसँगै बालिका तथा किशोरीलाई बाल अधिकारका बारेमा समेत जानकारी दिइएको छ । बाल विवाहबारे कानूनी प्रावधान, सानै उमेरमा विवाह गर्दा आइपर्ने समस्या तथा छाउपडी प्रथा, जातीय विभेदबारे कानूनी प्रावधानका बारेमा समेत जानकारी दिइएको नगरपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार