नागरिकको स्वस्थ जीवनका लागि खेल क्षेत्रको विकासमा जोड
नेपालबहस संवाददाता
फागुन १, २०७७ शनिबार १६:४०:१२
१ फागुन, कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नागरिकको स्वस्थ जीवनका लागि खेल क्षेत्रको विकासमा जोड दिने बताएका छन् । प्रदेश सरकारको तेस्रो स्थापना दिवसको पूर्वसन्ध्यामा सामाजिक विकास मन्त्रालयको आयोजना तथा कर्णाली प्रदेश खेलकूद परिषद्को संयोजनमा शुक्रबार सञ्चालित प्रदेश सरकार–११ र एन्फा–११ बीच भएको मैत्रीपूर्ण फुटबल खेलकूद कार्यक्रममा मुख्यमन्त्री शाहीले राष्ट्र तथा नागरिकको स्वास्थ्य निर्माणका लागि खेलकूद आवश्यक भएको बताए ।
“खेलाडीमा राष्ट्रिय भावना हुन्छ र त्यही राष्ट्रिय भावना पैदा गर्ने हिसाबले छ वर्षदेखि माथिका बालबालिकाका निम्ति विद्यालयमा खेल शिक्षक भर्ना गरी उनीहरुलाई प्रशिक्षित गर्ने सोच बनाएका छौँ”, मुख्यमन्त्री शाहीले भने, “यसबाट स्वस्थ नागरिक मात्र नभई कर्णालीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने जनशक्ति उत्पादन गर्ने प्रदेश सरकारको मुख्य लक्ष्य रहेको छ ।”
यसका लागि प्रत्येक जिल्लामा खेलाडी उत्पादन गर्न तालीम केन्द्र स्थापना गर्ने सोच रहेको उनले बताए । खेल क्षेत्रलाई चलायमान बनाई यहाँका नागरिकलाई खेल क्षेत्रमा आकर्षित गर्न र दशौँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने सन्देश दिन प्रदेश सरकार–११ र एन्फा–११ बीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न गरिएको मुख्यमन्त्री शाहीको भनाइ थियो ।
सम्पन्न मैत्रीपूर्ण फुटबल खेलमा एन्फा–११ ले ३–१ गोल अन्तरले विजयी भएको थियो । एन्फाका उपाध्यक्षसमेत रहेका एन्फा–११ का कप्तान उपेन्द्रमान सिंहले कर्णाली प्रदेशका १० जिल्लामा फुटबल खेल सञ्चालन गर्ने गरी योजना निर्माण गरिएको र त्यसको प्रस्तावना प्रदेश सरकारलाई बुझाइएको बताए । कोभिडका कारण गत वर्ष चैत ११ पछि ठप्प खेल गतिविधि सञ्चालनले खेलप्रेमीमा हौसला ल्याएको जिल्ला फुटबल महासङ्घ सुर्खेतका महासचिव गणेशकुमार कार्कीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुर्खेतको मालपोत कार्यालयमा आगलागी
बैशाख २२, २०८१ शनिबार
यार्सागुम्बा संकलन लागि जेठ १५ गतेदेखि प्रवेश खुला हुने
बैशाख २०, २०८१ बिहिबार
कर्णालीमा सरकार विस्तार, ४ मन्त्रीले लिए आज शपथ
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
एक ढिक्का भएर पार्टीलाई बलियो बनाऔँ: नेता कोइराला
बैशाख २२, २०८१ शनिबार
कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण
बैशाख २२, २०८१ शनिबार
उपनिर्वाचनले पुराना पार्टीप्रतिको भरोसा देखाएको छः महासचिव पोखरेल
बैशाख २२, २०८१ शनिबार
बोर्नमाउथमाथि आर्सनल ३-० ले विजयी
बैशाख २२, २०८१ शनिबार
बेलायत पठाइदिन्छु भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ
बैशाख २२, २०८१ शनिबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार