घरका काम श्रीमानले पनि सघाइदिए पुग्छ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
फागुन ३, २०७७ सोमबार १६:४७:१०
![](https://nepalbahas.prixacdn.net/media/albums/working-husband_HypVyeTXX1.jpg)
३ फागुन,टीकापुर । कैलालीको जानकी गाउँपालिकाकी शुभेच्छा मगरले श्रीमानबाट ठूलो सहयोगको अपेक्षा गरेकी छैनन् । शुभेच्छालाई आफू दिनभरि घरको कामले थाकेका बेला श्रीमानले साना–साना काममा सघाइदिए पुग्छ । उनलाई बच्चा विद्यालय पठाउन तयार गरिदिने, बच्चालाई खाना खुवाइदिए पनि खुशी मिल्थ्यो । “म घरको कामले थाकेकी हुन्छु । म पनि जागीर गर्छु, श्रीमान् पनि जागीरे छन्, तर मैले घरको काम पनि सम्हाल्नुपर्छ”, शुभेच्छाले भनीन्, “अफिसबाट फर्केपछि घरको काम मिलेर गर्न पाए कति खुशी मिल्थ्यो तर उनी केही गर्दैनन् । मलाई कहिलेकाहीँ बच्चाको काम सघाएदिए पनि खुशी मिल्छ ।”
शुभेच्छाका श्रीमान् मनबहादुर मगरलाई घरको काम गर्न लाज लाग्छ । “कहिलेकाहीँ श्रीमती थाकेको देख्दा दया लाग्छ तर काम गरेमा छिमेकीले कुरा काट्छन्”, मनबहादुरले भने, “म भान्सामा खाना पकाउने काममा सघाउथेँ, एकदिन पल्लो घरका काकाले श्रीमतीको नोकर बनेर बसेको भने अनि चटक्क छोडेँ । चाहेर पनि सघाउन मन लाग्दैन ।” जानकी–७ की तीर्था चौधरीलाई पनि घरमा गरिने काममा पुरुषको साथ आवश्यक लाग्छ । “महिला एक्लै काममा हुन्छन् । दिनभरि काम गरेर थाक्छन्”, तीर्थाले भनीन्, “कहिलेकाहीँ पुरुषले लुगा मिलाइदिए, सरसफाइमा सघाए हुन्थ्योजस्तो लाग्छ । आफ्ना लुगा आफैँ धुने, मिलाउने काम गरे पनि सहयोग पुग्छ ।”
घर श्रीमानश्रीमती दुवैको हो । घरको काम पनि दुवैको जिम्मेवारी हो तर हाम्रो समाजमा घरको काममा सघाउने पुरुष कमै भेटिन्छन् । जानकीकै आशु चौधरीको पनि श्रीमानसंग धेरै आशा छैन । “ठूलो सहयोग चाहिएन, तरकारी बारीबाट टिपिदिए, केलाइदिए, पानी बोकिदिए पनि म त खुशी हुन्छु”, उनी भन्छिन्, “पुरुषले पनि सरसफाइको काम गर्नुपर्छ । घर दुवै मिलेर चलाउनुपर्छ भनी पुरुषलाई बुझाउन आवश्यक छ ।”
जानकी–७ का वडा सदस्य वीरमा विक समाजमा घरको कामको बोझ महिलालाई बढी हुनुले पनि हिंसा बढाएको बताउछन् । “महिला दिनभरि थाकेका हुन्छन् अझ पुरुषले मदिरा खाएर कुटपिट गर्छन्”, विकले भने, “महिलाको श्रमको मूल्य छैन । त्यसमाथि पुरुषले गर्ने हिंसाका कारण महिलाको विकास हुन सकेको छैन ।”
शिक्षिका रेश्मा भट्ट घरको कामबाट फुर्सद नपाउने भएर महिलाले सामाजिक काममा समय दिन कठिन हुने गरेको बताछिन् । “कलिलैमा विवाह गरिदिन्छन्, भविष्य बनाउने समय सन्तान उत्पादन, घरधन्दामा बित्छ”, उनी भन्छिन्, “जसले श्रीमान्को साथ पाए, उनीहरु सफल भएका उदाहरण पनि छन् । जसले साथ पाएनन् उनीहरु घरबाट उम्कन पाउँदैनन् ।”
समाजशास्त्री शिवचरण चौधरी घरायसी कामको जिम्मेवारी महिलालाई मात्र दिइनु गलत भएको बताउछन् । “हाम्रो समाजले छोरीलाई संस्कारी हुनुपर्छ, लजालु हुनुपर्छ भन्ने सिकाएको छ तर छोरा पनि संस्कारी हुनुपर्छ, घरको काममा सघाउनुपर्छ भनी सिकाएको छैन”, उनले भने, “छोरालाई पनि संस्कार र जिम्मेवारी सिकाउन आवश्यक छ । लैङ्गिक समानता र समाज विकासका लागि छोरालाई पनि जिम्मेवार बनाउन अभिभावकले ध्यान दिनुपर्छ ।”
टीकापुर अस्पतालका सिनियर स्टाफ नर्स कल्पना खड्का सहयोगी पुरुष पाएका महिलाको पोषण अवस्थासमेत राम्रो रहेको बताउछिन् । “श्रीमान् र परिवार सहयोगी भएका कामकाजी या गृहणी महिलाको स्वास्थ्य अवस्था राम्रो छ”, खड्का भन्छिन्, “कामको बोझ बढी भएका महिलाले खानपानमा ध्यान दिन पाउँदैनन् । उनीहरु शारीरिक र मानसिकरूपमा कमजोर भएर उपचारमा आउने गरेका छन् ।” स्टाफ नर्स खड्का महिलाको स्वास्थ्यमा ध्यान नदिँदा उपचारमा धेरै रकम खर्च हुने गरेकाले महिलाको स्वास्थ्यप्रति परिवार सचेत बन्न आवश्यक रहेको बताउछिन् । “धेरै कामको बोझ बोकिरहेका महिलामा मानसिक समस्यासमेत देखिन थालेको छ”, उनी भन्छिन्, “यसले भविष्यमा परिवारमै समस्या निम्तिन सक्छ । परिवारको खुशीका लागि सबैले सबै कामको जिम्मेवारी लिनुपर्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसास्तीमा छन् निसेलढोरवासी
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
जापानमा २ महिने "लेक हामाना हानाहाको पुष्प मेला २०२४" सम्पन्न
असार १, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार
मापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग
असार २, २०८१ आइतबार
ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत
असार २, २०८१ आइतबार
पञ्चकोटको विश्वशान्ति कलश निर्माणका लागि ७ करोड संकलन
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार