४१ हजार बढिले बुझे ४ अर्ब कोरोना बीमा दाबी भुक्तानी, सरकारले ५० करोड बेहोर्नु पर्ने
नेपालबहस संवाददाता
फागुन १०, २०७७ सोमबार १७:५४:५
१० फागुन, काठमाडौं । हालसम्म ४१ हजार जनाले कोरोना बीमाको दाबी भुक्तानी बुझेका छन् । फागुन पहिलो सातासम्म ४१ हजारले चार अर्ब रुपैयाँ बढि बुझेका छन् ।
बीमा समितिका अनुसार काजगपत्र पुरा गरेका ४१ हजार २६१ जनाले ४ अर्ब रुपैयाँको दाबी भुक्तानीका लागि स्वीकृति पाएका हुन्। समितिले ४ अर्ब रुपैयाँको भुक्तानीका लागि स्वीकृति दिए पनि बीमितले भने पाउन सकेका छैनन्।
कोरोना बीमा मापदण्ड अनुसार निर्जीवन बीमा कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, बीमा कम्पनीहरुको महाविपत्ती कोष र बीमा समितिले भुक्तानी गर्नु पर्ने दायित्व अन्तर्गत रहेर बीमा पुलमा साढे तीन अर्ब रुपैयाँ भने पुरा भैसकेको छ।
तर दाबी भुक्तानीका लागि ४ अर्ब रुपैयाँको स्वीकृति भैसकेको छ। बाँकी ५० करोड रुपैयाँ नेपाल सरकारको दायित्व अन्तर्गत पर्दछ। तर समितिले अहिलेसम्म पनि नेपाल सरकार सँग समन्वय गरेको छैन। मापदण्ड अनुसार साढे तीन अर्ब रुपैयाँ भन्दा माथिको दायित्व नेपाल सरकारले बेहोर्नु पर्ने हुन्छ।
फागुन ७ गतेको तथ्याङ्क अनुसार नेपाल सरकारको दायित्व अन्तर्गत ५० करोड रुपैयाँ परिसकेको छ। अर्को तर्फ कोरोना बीमाको दाबी पर्ने क्रम रोकिएको छैन।
अहिलेसम्म ४१ हजार २६१ जनाले दाबीका लागि स्वीकृति पाए पनि स्वीकृतिको पाइपलाइमा ३५ हजार वटा भन्दा धेरै फाइल छन्। यसले गर्दा सरकारले भुक्तानी गर्नु पर्ने दायित्व दिन दिनै बढ्नेछ।
कोरोना बीमा मापदण्ड २०७७ को पछिल्लो संसोधन पछि यस बीमाको पुनर्बीमा पनि भएकोले केहि रहक पुनर्बीमा कम्पनीले बेहोर्ने बीमक संघका चंकी क्षेत्रीले जानकारी दिए। दाबीको केहि हिस्सा विदेशी पुनर्बीमा कम्पनीले बेहोर्ने भएकाले सरकारलाई केहि राहात हुनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न
कात्तिक २३, २०८० बिहिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २०, २०८१ आइतबार
उत्तर कोरियाले थप छ सय फोहोर भरिएका बेलुन दक्षिणतर्फ पठाइयो
जेठ २०, २०८१ आइतबार
जुवातास खेलिरहेको अवस्थामा नगदसहित चार जना पक्राउ
जेठ २०, २०८१ आइतबार
मुख्यमन्त्री केजरीवाल आज पुन: जेल जाँदै
जेठ २०, २०८१ आइतबार
स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप, चार जना घाइते
जेठ २०, २०८१ आइतबार
सुन आयातमा लगाएको कोटा र भन्सार वृद्धिको विरोधमा सडकमा उत्रिए सुनचाँदी व्यवसायी
जेठ २०, २०८१ आइतबार
विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता १८ करोड
जेठ २०, २०८१ आइतबार