व्यथा लागेको चौध घण्टापछि हेलिकप्टरबाट गर्भवतीको उद्धार
नेपालबहस संवाददाता
फागुन १०, २०७७ सोमबार २१:१०:३१
१० फागुन,सिमकोट । हिमाली जिल्ला हुम्लाबाट सुत्केरी व्यथा लागेर थला परेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । व्यथा लागेको चौध घण्टापछि आइतबार साँझ उद्वार गरिएको हो ।
आठ महिनाको गर्भ भएकै बेला व्यथा लागेर थला परेपछि सर्केगार्ड गाउँपालिका–४ दूल्ली गाउँकी २१ वर्षीया विन्दु थापाको हेलिकपटरबाट प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिएका छन् ।
जिल्ला अस्तपालका सिनियर अनमी सरिता बोहराका अनुसार व्यथा लागेपछि सर्केगार्ड स्वास्थ्यचौकीमा लिइए पनि स्वास्थ्यकर्मीले जिल्ला अस्पताल बाहिर पठाउँदा बाटामा ल्याउँदै गर्दा झन् व्यथाले च्यापेपछि उनलाई हेलिकप्टरबाट उद्वार गरिएको हो । सुत्केरी व्यथा लागेर बाटोमा ल्याइँदै गरेकी महिलालाई घरबाट ल्याइएको लामो समयपछि खार्पुनाथ गाउँपालिकाबाट उद्वार गरिएको प्रकाश बुढाले बताए ।
आइतबार व्यथाले थलिएकी थापालाई अस्पताल भर्ना गरेर उपचार शुरु भएको छ । थापाको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग भएको र त्यसको खर्च राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट व्यहोरिने प्रजिअ गिरीले बताए । सुत्केरी व्यथा लागेर थला परेका गर्भवतीको उद्धारका लागि हवाई उद्धार प्रभावकारी बन्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा जुटे
जेठ ५, २०८१ शनिबार
'कोपिलाका सुगन्ध’ बजारमा
जेठ ५, २०८१ शनिबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार
मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध
जेठ ५, २०८१ शनिबार
मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा
जेठ ५, २०८१ शनिबार