निःशुल्क बाख्रा पाएपछि बिपन्न परिवारमा खुशीयाली
नेपालबहस संवाददाता
फागुन १३, २०७७ बिहिबार २०:२२:५७
डोटी, १३ फागुन । डोटीको दक्षिणी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाडौँका स्थानीयवासी इसरा बोहरा दम्पत्ति आजकल खुशी छन् । कोरोना महामारीमा जीविका चलाउन भन्दै भारत पसेका श्रीमान् सन्तोष बोहरा काम नपाएर रित्तैहात घर फर्किए । उनका परिवरलाई अनुदानमा तीन बाख्रा दिइएपछि उनीहरूमा खुशीयाली छाएको छ ।
जिल्लामा वर्षौँदेखि काम गर्दै आएको सिड नेपाल नामक संस्थाले आफ्नोे दातृ संस्थाको सहयोगमा उक्त गाउँपालिकामा भएका दजनौँ गरिब तथा विपन्न परिवारलाई निःशुल्क बाख्रा वितरण गरेपछि आफूहरूमा खुशीयाली छाएको सन्तोष बोहराले बताए । उनले भने, “घरमा समस्या भएर कमाउनका लागि भारत गएको थिएँ, कोरोनाले कमाउन सकिनँ घरैमा बसेको थिएँ, संस्थाका बाख्रा पाएपछि अब जीवन चलाउन सहज हुनेछ ।”
उनीजस्तै सो वडामा बाख्रा पाएका स्थानीयवासी, दलित तथा विपन्न परिवार अहिले निकै खुशी छन् । बाख्रापालनले जीवनयापनमा सहज भएको भन्दै यहाँका गरिब तथा विपन्न वर्गमा खुशीयाली छाएको अर्का स्थानीयवासी जवानसिंह बोहराले बताए । उनले भने, “आफूसँग बाख्रा किन्न रकम थिएन, अहिले संस्थाले घरैमा आएर निःशुल्क बाख्रा दिएकामा गरिब तथा विपन्न वर्ग खुशी भएका छन् ।” घरमा लगाएको खेतीपातीले कम्तीमा पनि पाँच महिनासम्म खान नपुग्ने गरेका विपन्न परिवारलाई बाख्रापालनबाट सहयोग होस् र आम्दानी बढोस् भनेर निःशुल्क बाख्रा वितरण गरिएको सिड नेपाल डोटीका कोषाध्यक्ष यज्ञराज जोशीले बताए । उनले भने, “रकम दिएर जीविका चलाउन नसकिने भएपछि बाख्रा दिँदा आम्दानी पनि हुने तथा आयस्तर पनि बढ्ने अवस्था देखेपछि हामीले बाख्रा वितरण गरेका छौँ, गरीखाने वर्गलाई राम्रै हुनेछ ।”
संस्थाले दिएका तीन बाख्रासँगै यहाँका किसानले आफूले पनि ऋणदान गरी बाख्रा किन्न थालेको धिर्कामाडौँकी स्थानीय दलित महिला सीतादेवी ढोलीले बताए । उनले भने, “संस्थाले तीन बाख्रा दिएको छ, हामीले पनि ऋणदान गरी बाख्रा किनेका छौँ, बाख्राले राम्रो आम्दानी हुने आस गरेका छौँ, ५०र६० बाख्रा पु¥याएर यसलाई व्यवसायका रूपमा अगाडि बढाउने सोचमा छु ।” व्यावसायिकरूपमा बाख्रापालन गरेर आफ्ना बालबालिकालाई स्कूल पढाउन तथा खानाका लागि सधैँ अरुसँग मागेर दैनिक गुजारा गर्ने अवस्था अन्त हुनेमा यहाँका दलित तथा विपन्न वर्ग आशावादी भएका छन् ।
युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा सिड नेपाल डोटीले बोगटान फुड्सिल गाउँपालिकासँगको समन्वयमा गाउँपालिकास्थित वडा नं ५ को धिर्कामाडौँका कम्तीमा पनि २५ घरधुरीलाई निःशुल्करूपमा बाख्रा वितरण गरेको छ । हरेक घरधुरीलाई तीन वटाका दरले ७५ बाख्रा र दुई बोका वितरण गरेको सिड नेपाल डोटीले जनाएको छ । वितरण गरिएका बाख्राका लागि २५ वटा खोरसमेत निर्माण गरिएको छ ।
जीविकोपार्जन पुनःस्थापनाका लागि जलवायु संवेदनशील सुशासन परियोजनाअन्तर्गत बाख्रा वितरण गरिएको संस्थाका परियोजना संयोजक नरेन्द्र रोकायाले जानकारी दिए । वितरण गरिएका बाख्राको रेखदेख तथा दिगोपनाका लागि समय–समयमा संस्थाले नै निरीक्षण गर्ने योजना बनाएको छ । सिड नेपालले दातृ संस्थाको सहयोग तथा गाउँपालिकासँगको समन्वयमा कम्तीमा पनि २०० बाख्रा वितरण गरिसकेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिम प्रदेशको बजेट ३१ अर्ब ६२ करोड
असार १, २०८१ शनिबार
सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३.४१ प्रतिशत हुने अनुमान
जेठ ३२, २०८१ शुक्रबार
कैलालीको रोजगार मेलामा २६ सय बढीले दिए आवेदन
जेठ २९, २०८१ मंगलबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार
मापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग
असार २, २०८१ आइतबार
ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत
असार २, २०८१ आइतबार
पञ्चकोटको विश्वशान्ति कलश निर्माणका लागि ७ करोड संकलन
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार