फोहरलाई मोहर बनाउने अभियानमा नगरपालिका
नेपालबहस संवाददाता
फागुन १४, २०७७ शुक्रबार १७:५:४५
१४ फागुन,बलेवा । फोहर थुपारेको ठाउँ सधैँका लागि काममा नआउने । कुहिने फोहर त माटोमा मिल्छ तर नकुहिने फोहरको डङ्गुरले सधैँ समस्या । फोहरको व्यवस्थापनमा देखिएका समस्या समाधान र उर्वर माटोलाई जोगाउने भन्दै बाग्लुङको गलकोट नगरपालिकाले फोहरलाई उपयोग गर्ने विधि थालेको छ ।
कुहिने फोहरलाई मल र नकुहिने फोहरलाई पुनः प्रयोगका लागि नगरपालिकाले काम थालेको हो । गलकोटमा फोहर सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गरेर नगरको फोहर व्यवस्थापन गरिने छ । नकुहिने फोहरका लागि नगरले ‘रिसाइकल’ मेसिन खरिद गरेको छ । विशेषगरेर प्लाष्टिकजन्य फोहरलाई पुनः प्रयोगका लागि योग्य बनाउन मेसिन राख्न थालिएको हो ।
नगरले खरिद गरेका पाँच रिसाइकल मेसिनको सफल परीक्षण भएपछि नगरले तत्काल फोहरको प्रशोधन थाल्ने नगरप्रमुख भरत शर्मा गैरेले बताएका छन् । नगरपालिकाले गत आर्थिक वर्ष २०७६÷७७ मा रु २२ लाख लगानी गरी रिसाइकल केन्द्रका लागि आवश्यक भौतिक संरचना निर्माण गरेको थियो । चालु आवमा रु १० लाख खर्चेर पाँचवटा मेसिन खरिद गरी सञ्चालनको तयारी गरेको गैरेले बताए ।
“प्लाष्टिकजन्य फोहरले दीर्घकालीनरूपमा पार्ने असर कम गर्नु हाम्रो दायित्व हो”, गैरेले भने, “फोहर व्यवस्थापनका लागि हुने खर्च फोहरबाटै आम्दानी हुने गरी काम थालेका छौँ ।” नगरपालिकाले मासिक रु २० हजार भाडा तिर्ने गरी वडा नं ९ मसुरबारीमा जग्गा भाडामा लिएर संरचना निर्माण गरेको छ । तत्काल बजार क्षेत्रबाट बढी मात्रामा निस्कने प्लाष्टिकजन्य फोहरलाई सङ्कलन गरी कच्चा सामग्री बनाउने गरी व्यवस्थापन गरिएको गैरेले बताए । नगरपालिकाले फोहर व्यवस्थापन गर्न विभिन्न ऐन तथा कार्यविधिसमेत निर्माण गरिसकेको गैरेको भनाइ छ ।
वडा नं ३ का अध्यक्ष वीरजङ्ग भण्डारीका अनुसार चालु आवमा मेसिन खरिद, विद्युत् लाइन विस्तार तथा जडान गरी करिब रु १० लाख बराबरको काम भएको छ । उनले केही दिनमा फोहर सङ्कलन केन्द्रको औपचारिकरूपमा उद्घाटन गरी सञ्चालनमा ल्याइने जानकारी दिए । वडाभरिको फोहर सङ्कलनका लागि ट्र्याक्टरको व्यवस्था नगरले गरेको छ । फोहर उत्सर्जन गर्नेलाई ग्राहक कार्ड दिएर मासिक रु ५० देखि ४०० सम्म सेवाशुल्क लिन पाउने कानूूनी व्यवस्था नगरले गरेको छ ।
“रिसाइकल भएको प्लाष्टिक बेच्ने ठाउँको खोजी भइरहेको छ”, गैरेले भने, “तत्काल धेरै उत्पादन हुँदैन तर हामी १५ वर्षपछिसम्म सोचेर काम गरिरहेका छौँ ।” धवलागिरिमै पहिलोपटक फोहर रिसाइकल गर्ने प्रविधिलाई आत्मसात गर्न लागेको गलकोट नगरपालिकाले क्रमिकरूपमा प्लाष्टिकसँगै रबरलगायतका फोहरजन्य वस्तुलाई रिसाइकल गर्ने योजना बनाएको छ ।
नगरपालिकाले सफा तथा सुन्दर नगर निर्माण तथा फोहर सङ्कलन तथा प्रशोधन गरी फोहरलाई मोहरमा बदल्न गलकोट फोहर सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गरी सरकारी–निजी साझेदारीमा सञ्चालन गर्न लागेको हो । करिब रु ४० लाख लागतमा स्थानीयवासीलाई रोजगारी दिने तथा फोहर सामग्री प्रशोधन गरी आम्दानीको स्रोत बनाउने योजनाअनुसार सङ्कलन तथा प्रशोधन केन्द्र व्यवस्थापनको काम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद
जेठ ४, २०८१ शुक्रबार
आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
भलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार
उच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ
जेठ ४, २०८१ शुक्रबार
अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गर्ने व्यक्ति पक्राउ
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार