नारी दिवसको अवसरमा हाफ म्याराथन
नेपालबहस संवाददाता
फागुन १४, २०७७ शुक्रबार २१:४३:२६
१४ फागुन,दमौली । चार वर्षदेखि अल्ट्रा म्याराथन गर्दै आएको तनहुँको व्यास नगरपालिकाले पहिलोपटक महिला हाफ म्याराथन गर्ने भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नगरपालिकाले फागुन २४ गते हाफ म्याराथन गर्न लागेको हो ।
व्यास नगर अल्ट्रा म्याराथनको सफलताका कारण साहसिक पर्यटकीय खेलको रुपमा रहेको दौड प्रतियोगितामा महिला सहभागिताको महत्वलाई महसुस गरी धार्मिक पर्यटकीयस्थल व्यास नगरपालिका–३ व्यास गुफादेखि ऐतिहासिकस्थल व्यास नगरपालिका–११ तनहुँसुरसम्म म्याराथन गर्न लागिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।
खुल्ला हाफ म्याराथनमा प्रथम हुनेलाई रु ४१ हजार ७७, द्वितीय हुनेलाई रु ३१ हजार ७७, तृतीय हुनेलाई रु २१ हजार ७७ र सान्त्वना हुने पाँच जनालाई रु ११ हजार ७७ प्रदान गरिनेछ । हाफ म्याराथन व्यास गुफादेखि सफा सडक हुँदै ट्राफिक चोक, भोर्लेटार चोक, पृथ्वी राजमार्गको तालघरे, मुसेखोला, घाँसीकुवा, पराशर मार्गको सेरा, बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गङ्गलथोक, पत्यारथोक, चण्डीथान, गद्दीचौतारा हुँदै व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा पुगेर टुङ्गिनेछ । उक्त दूरी २१ किमिको रहनेछ ।
म्याराथन रुटमा खेलाडीबाट नियमसम्मत रुपमा दौड सम्पन्न गर्नका लागि विभिन्न पाँच स्थानमा चेकपोइन्टको व्यवस्था गरिएको छ । चेकपोइन्टमा धावकले दौडको नियम पालना गरे नगरेको निरीक्षण गरिनेछ भने धावकका लागि पानी, चकलेट साथसाथै स्वास्थ्यसँग सम्बन्धित आवश्यक सम्पूर्ण सामग्री सम्बन्धित वडामा टोल विकास संस्थाको सहभागितामा राखिने छ । नगरउपप्रमुख मीरा जोशीका अनुसार घाँसीकुवा, बेलटारी, अर्चलचौर, धरमपानी र तनहुँसुर दरबारमा चेकपोइन्ट रहनेछ ।
म्याराथनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि नगर प्रमुखको संयोजकत्वमा नगरसभा सदस्य रहने गरी मूल आयोजक समिति गठन गरिएको छ । जसअन्तर्गत विभिन्न नौवटा उपसमिति गठन गरिएको छ । व्यास नगरपालिकाले मानुङकोटदेखि पुलिमराङसम्म ४४ किमी दूरीको अल्ट्रा म्याराथन प्रतियोगिता हरेक वर्ष शहीद दिवसको दिन गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने
जेठ ४, २०८१ शुक्रबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
भलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार
उच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ
जेठ ४, २०८१ शुक्रबार