फागुन २९ गते स्याङ्जाली पत्रकारहरुकाे काठमाडौंमा बृहत भेला हुने
नेपालबहस संवाददाता
फागुन १५, २०७७ शनिबार १५:५२:३४
१५ फागुन, काठमाडौं । लामाे समयकाे अन्तरालपछि स्याङ्जा जिल्लाबासी पत्रकारहरु काठमाडौंमा भेला हुने भएका छन् । फागुन २९ गते शनिवार काठमाडौको बालाजु बाइसधारा पार्कमा पिकनिकसहित भेलाकाे आयाेजना गरिएकाे हाे । स्याङ्जा जिल्ला तथा स्याङ्जा स्थायी ठेगाना भइ काठमाडौमा सक्रिय पत्रकारिता गर्दै आएकाहरुको शुक्रबार काठमाडौंको पुल्चोकमा भएकाे बृहत भेलाले यस्तो निर्णय गरेको पत्रकार भूपराज बस्यालले जानकारी दिए ।
जुनसुकै ठाउँमा बसेर पनि पत्रकारितामा क्रियाशिल स्याङ्जा जिल्लाबासी उक्त भेलामा सहभागी हुनसक्ने उनले बताए । उनले भने “काठमाडौमा बसेर सक्रिय पत्रकारिता गर्नेहरुको फेसबुक ग्रुप बनाएका थियौं, उक्त ग्रुपमा सबै एकैठाउँमा जम्मा हुने र पिकनिक गर्ने प्रस्ताव आयो, उक्त प्रस्ताव पछ्याउँदै जादा भेला नै हुनेगरी तयारी भयो । ” उक्त भेलाले वरिष्ठ पत्रकार इन्द्र रिजालको संयोजकत्वमा एउटा समिति समेत निर्माण गरेको पनि उनले जानकारी दिए ।
उक्त समितिले स्याङ्जा जिल्लाबासीको प्रथम भेलासहित पिकनिक गर्ने निर्णय गरेको समितिका संयोजक रिजालले बताए । उक्त पिकनिक तथा प्रथम भेलामा स्याङ्जा जिल्लाका सक्रिय पत्रकारहरुमात्रै सहभागी हुने पनि उनले बताए । स्याङ्जा जिल्लाबासीहरु पत्रकारितामा सक्रिय भएपनि हालसम्म कति छन्, कहाँ-कहाँ छन् भन्ने तथ्यांक पनि नभएको हुँदा सबैलाई एकआपसमा परिचित भई भाइचारा अभिबृद्धि गर्न यो भेलाले सहयोग गर्ने संयोजक रिजालको भनाइ छ ।
उक्त प्रथम भेलाद्धारा गठित समितिले स्याङ्जाली पत्रकारहरुको बृहत्तर हित, बृत्तिविकास र पहिचान स्थापित गर्ने कुरामा आफु विश्वस्त रहेको संयोजक रिजालले बताए । “स्याङ्जा पत्रकार समाज” सबै आस्था र विचार बोक्ने सञ्चारकर्मीहरुको साझा चौतारीको रुपमा यसलाई विकास गरिने भएकोले यो संस्था नितान्त गैह्रराजनीतिक संगठन भएको संयोजक रिजालको भनाई छ । वरिष्ठ पत्रकार रिजाल नेपालबहस डटकमका प्रधानसम्पादक पनि हुन् ।
हाललाई बिशुद्द पत्रकारहरु मात्र भेला हुने, प्रतिव्यक्ति रु.१००० र बढीमा जतिपनि सहभागी शुल्क दिन सकिने गरि स्याङ्जा जिल्ला स्थायी ठेगाना भएका क्रियाशिल पत्रकारहरुको अधिकतम सहभागिता गराउने निर्णय भएको छ । यस ग्रुपमा आबद्ध साथीहरूले अन्य छुटेका साथीहरूलाई पनि समन्वय गरि ग्रुपमा जोडने तथा फोन गरि अनुरोध गर्न रिजालले सबैलाई आव्हान गरेका छन् । स्याङ्जा र काठमाडौमा मात्र क्रियाशिल नभई अन्य जिल्लाहरुमा कार्यरत तर स्याङ्जाबाट बसाई नसरेका इच्छुक साथीहरूलाई पनि सहभागी गराउने निर्णय भएको उनले जनाए ।
रिजालको संयोजकत्वमा बनेको उक्त समितिका सदस्यहरुमा अनिता बिन्दु, प्रकाश डुम्रे, अनिल गिरि, नारायण शर्मा, शालिक सुवेदी, भूपराज बस्याल, अर्जुन खनाल, श्रीकृष्ण सिग्देल, ओम प्रकाश शर्मा, प्रतीक्षा काफ्ले, राजेश शर्मा लामिछाने, संगीता खड्का, लिलु डुम्रे, असीम सापकोटा, शिव लम्साल, श्रीराम पौडेल, बलराम पाण्डे, प्रदीप कोइराला, गोबिन्द्र गिरि, प्रकाश डाेटेल, अमर ढकाल र घनश्याम सिग्देल रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने
जेठ ४, २०८१ शुक्रबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
भलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार
उच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ
जेठ ४, २०८१ शुक्रबार