१६३ वर्ष कैद असुली
नेपालबहस संवाददाता
फागुन १५, २०७७ शनिबार १७:१२:१४
तनहुँ, १५ फागुन । जिल्ला प्रहरी कार्यालय तनहुँले अदालतबाट फैसला भई कैद तथा जरिवाना तिर्न बाँकी रही फरार रहँदै आएका विभिन्न मुद्दाका गरी झण्डै १६३ वर्ष कैद असुली भएको जनाएको छ ।
साउन महिनादेखि हालसम्म प्रहरीद्वारा पक्राउ परेका ३४७ जना फरार प्रतिवादीलाई पक्राउ गरी कूल १६२ वर्ष ११ महिना २८ दिन कैद असुली गरेको हो । प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा २५७ पुरुष र ९० महिला रहेका छन् । पक्राउ परेकामध्येबाट जरिवाना तिर्न बाँकी रहेको रु ५६ लाख १७ हजार ११५ राजस्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।
अवैधानिकरुपमा नदीजन्य उत्खनन गर्ने ९४ वटा सवारी साधनलाई पक्राउ गरी सम्बन्धित पालिकामा पठाउँदा रु एघार लाख ३७ हजार जरिवाना तिरेका छन् । जबर्जस्ती करणी, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योगलगायतका २४० मुद्दा दर्ता भएका छन् । उनले भने, “लागुऔषधसम्बन्धी २१ मुद्दा दर्ता भएकोमा ३८ पुरुष तीन महिला गरी ४१ पक्राउ परेका छन् ।”
जिल्लाको विभिन्न क्षेत्रबाट गरी ४४।४५ ग्राम गाँजा र डाइजोपाम, फेनरागन र नुफिन गरी कूल एक हजार ९९० एम्पुल बरामद गरिएको उनले बताए । चाडपर्व र अन्य समयमा जुवातास खेलिरहेको अवस्थामा ११० जुवाडे पक्राउ गर्दा जुवा खालबाट रु बाह्र लाख ५८ हजार १९० बरामद गरेको छ । मोबाइल चोरीपश्चात् खोजतसालको लागि प्रहरीमा निवेदन दिएकामध्ये ४१ जना सम्बन्धित व्यक्तिलाई मोबाइल फेला पारी हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
जघन्य अपराध घटनाका ९५ प्रतिशत कानूनी कठघरामा ल्याइएको तनहुँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । घटनापश्चात् केही अपराधी छिमेकी राष्ट्रमा लुकीछिपी बसेका कारणले नेपाल ल्याउन समस्या भएको उजले जानकारी दिए । दुर्घटना न्यूनीकरण, फरार प्रतिवादी पक्राउ, लागुऔषध ओसारपसारमा न्यूनीकरण, राजस्व चुहावट गरी चोरी गर्ने कार्यलाई निरुत्साहित गर्ने योजनासहित कामको थालनी गरिएको उनले बताए ।
त्यसैगरी २७ रोपनी क्षेत्रफलमा लगाइएको तीन हजार ७०० गाँजाका बोट फँडानी गरी नष्ट गरिएको छ । अवैधानिकरुपमा चोरी निकासी भएका ६०५ क्युफिट काठ बरामद भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा
जेठ ५, २०८१ शनिबार
बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार