देवरको ज्यान जोगाउन लागि परेकी ललिता
नेपालबहस संवाददाता
फागुन १७, २०७७ सोमबार २०:४०:१२
१७ फागुन,कञ्चनपुर । बझाङ केदारस्याँ–४ सुदाडाकी ललिता मल्ल हातमा ब्यानर बोकेर पसलपसलमा पुगेर आर्थिक सहयोग माग्दै हिँडेकी छिन् । आर्थिक सहयोग माग्नका लागि हिँडेको छ महिना बढी भइसकेको छ । पसल अगाडि पुगेर ललिताले ब्यानर देखाउछिन् । त्यसपछि मिर्गौला फेल भएर कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारार्थ भर्ना भएका २६ वर्षीय देवर भुवन मल्लको अवस्था र घरको आर्थिक अवस्थाबारे बेलिविस्तार लगाउछिन् ।
कुनै ठाउँबाट आर्थिक सहयोग पाइन्छ । कुनै ठाउँबाट पाउदिनन् । हरेस नखाइकनै ललिता देवरको ज्यान जोगाउनका लागि हिम्मतका साथ आर्थिक सङ्कलनको अभियानमा खटिएकी छिन् । आर्थिक अवस्था दयनीय भएकी उनी उपचार खर्च धान्न नसक्दा सहयोगका लागि पसलपसल चहार्दै हिँडेकी हुन् ।
भारतको बेङ्ग्लोरमा काम गर्दै गरेका बेला गत वर्ष भुवनको दुवै मिर्गौला फेल भएका हुन् । मिर्गौला फेल हुँदा काम गर्न नसक्ने भएपछि उनी घर फर्किएका थिए । “घरमा रहेको थोरै रकमले अस्पतालमा भर्ना गरे पनि डायलासिस गराएपछि लगाउने सुई र औषधिका लागि पैसा अभाव छ”, ललिताले दुखेसो पोखिन् । कैलाली र कञ्चनपुरमा बजारमा पसल पसल पुगेर सङ्कलन हुने सहयोगले मुस्किलले औषधिको व्यवस्था गर्न सकिएको उनले बताइन् ।
“अनेक जुक्ति निकालेर माग्दै हिँडेका छौँ । आफैँ खानका लागि हो भनेर भन्ने पनि भेटिन्छन् । हामीसँग आफ्नै दुःख छन् । सुनेर पनि नसुनेको जस्तो गरी हिँड्नु परेको छ”, उनले भनीनन् । चिकित्सकले भुवनको थप उपचारका लागि काठमाडौँ लैजान भनेका छन् । मल्ल परिवारसँग काठमाडौँ जाने यातायातको भाडासमेत छैन ।
स्वास्थ्य कार्यालय बझाङले सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयलाई आर्थिक अवस्था कमजोरसँगै विपन्न नागरिक रहेकाले सहयोग उपलब्ध गराइदिनका लागि सिफारिस साथ पत्राचार गरे पनि सुनुवाइ भने हुन सकेको छैन । गाउँपालिकाले समेत सहयोग नगरेको पीडित परिवारको गुनासो छ । नागरिक सुशासन समिति शुक्लाफाँटा नगरपालिका झलारी, कञ्चनपुरका अध्यक्ष वीरबहादुर बोहरा पीडामा रहेका व्यक्तिलाई मलम लगाउने कार्य स्थानीय तहले गर्नुपर्ने बताउछन् ।
अध्यक्ष बोहराले सहयोग माग्दै हिँडेका ललितालाई भुवनको उपचारमा सघाउ पुर्याउनका लागि रु एक हजार ५०० सहयोगसमेत गरेका छन् । मिर्गौला प्रत्यारोपणका लागि मल्ल परिवारले एभरेष्ट बैंकमा रहेको खाता नम्बर ०११००५०१२३०४८ मा रकम जम्मा गरी ज्यान जोगाइदिनका लागि दातृ निकाय, व्यक्ति, सङ्घसंस्थासँग आग्रहसमेत गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
जेठ २, २०८१ बुधबार
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत बजेट खर्च
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार