इलामका टिका मगरलाई हल अफ फेम सिजन २ को उपाधि
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
फागुन १७, २०७७ सोमबार २१:२५:११
![](https://nepalbahas.prixacdn.net/media/albums/Congratulations-1-768x759-1_v5Y5KhzVK8.jpg)
१७ फागुन, काठमाडौं । एमएनटिभी अष्ट्रेलियाद्वारा सञ्चालित अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतियोगीता हल अफ फेम सिजन २ को उपाधि ईलामका टिका मगरले जितेका छन् । शनिबार भएको ग्रान्ड फाइनलमा आफुसँगका दुई प्रतिस्पर्धीलाई पन्छाउँदै टिका मगर विजेता बनेका हुन् । टिकासँगै ललितपुरका पूर्ण विक र बुटवलका विजय सुनारले फाइनल प्रतिस्पर्धी रहेका थिए ।
नारायण गोपालको “तिमिलाई म के भनूँ ” गीतको अडियो क्लिप पठाएर सहभागीता जनाएका टिका मगर टप ५०, टप २७ टप टप ६ र टप ३ हुँदै उपाधि कब्जा गर्न सफल भए । टिकाले सुरुदेखी नै जजको सकरात्मक कमेन्ट पाएका थिए ।
विजेता बनेसंगै टिकाले १ लाख रूपैँया नगद पुरस्कारसहित ५ लाख बराबरको प्याकेज प्राप्त गरेका छन् । उनले एउटा गीत र म्युजिक भिडियो रेकर्डिङ सम्झौता र प्रतियोगिताका तीन जना निर्णायकहरू वरिष्ठ गायक दीप श्रेष्ठ, कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठ र गायिका रजिना रिमालसँग अष्ट्रेलिया टुर गर्ने अवसर समेत प्राप्त गरेका छन् ।
विश्वमा कोरोना महामारीको प्रकोपको मध्यतिरबाट सुरू भएको अनलाईन प्रतियोगितामा टप ५० मा अफ्रिका, एसिया, अष्ट्रेलिया र युरोप महादेशका प्रतिस्पर्धी छनौटमा परेका थिए । टिका मगरलाई एमएनटीभी अष्ट्रेलियाको तर्फबाट हार्दिक बधाई ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानेपाको हेरिटेज गार्डेनमा नेपाल फेसन फेस्टिबल
जेठ ११, २०८१ शुक्रबार
विश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
सडक कालोपत्र गर्ने काम बीचमै छाडेर ठेकेदार फरार
असार ३, २०८१ सोमबार
पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल
असार ३, २०८१ सोमबार
विश्व बैंकको अनुदानमा बागलुङका तीन सडक कालोपत्र हुँदै
असार ३, २०८१ सोमबार
विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्ग र अर्थमन्त्री पुनबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
करेण्ट चाउचाउमा किरा भेटिएको समाचार कपोलकल्पित फण्डा मात्रः यशोदा फुड्स
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेललाई बर्लिनमा गार्ड अफ अनर
असार ३, २०८१ सोमबार