निर्माणाधिन व्यपारिक बजार केन्द्र सञ्चालनमा आउन सकेन
नेपालबहस संवाददाता
फागुन १८, २०७७ मंगलबार १९:२४:१९
१८ फागुन,तनहुँ । पशुपन्छी तथा कृषि बजार व्यवस्थापनका लागि बन्दिपुर गाउँपालिका–४ डुम्रे बजारस्थित निर्माण गरिएको व्यपारिक बजार केन्द्र सञ्चालनमा आउन सकेको छैन । डुम्रे भन्सार नयाँ शहर आयोजनाले व्यपारिक बजार केन्द्र निर्माण गरेर गाउँपालिकालाई बुझाएको झण्डै डेढ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन नसकेको हो ।
अव्यवस्थितरुपमा पशुपन्छी र कृषि बजार सञ्चालन हुँदा बजार क्षेत्रमा दुर्गन्ध बढ्नाका साथै अशोभनीय देखिएकाले त्यसका लागि छुट्टै व्यवस्थित बजार बनाउन लागेको हो । आयोजनाले विसं ०७४ जेठ १० गते सम्झौता गरी विसं ०७६ जेठ ७ मा सो केन्द्रको निर्माण सम्पन्न गरेको थियो । विसं ०७६ असोज ९ गते सो केन्द्र गाउँपालिकालाई हस्तान्तरण गरिसकेको आयोजनाका इन्जिनीयर मनोज पन्थले जानकारी दिए ।
शुरुका दुईतीन महिना भाडा नलिने र त्यसपछि भाडादर कायम गरेर भए पनि व्यवसाय सञ्चालनका लागि गाउँपालिकाले पहल थाल्नुपर्ने अवस्था देखिएको उनले बताए । रु एक करोड १६ लाख १० हजार ५६९ लागतमा तरकारी बजारका लागि ११ र मासु बजारका लागि पाँचवटा सटर निर्माण गरिएको उनले बताए ।
करीब पाँच रोपनी सार्वजनिक क्षेत्रफलमा पशु र तरकारी पसललाई व्यवस्थित गर्नका लागि बजार केन्द्र निर्माण गरिएको हो । किसानले उत्पादन गरेका कृषि उपजको बजारीकरण सहज गराउने उद्देश्यले भवन निर्माण गरिएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । सोही स्थानमा बन्दिपुर गाउँपालिकाले समेत रु ३२ लाखको लागतमा व्यापारिक प्रयोजनका लागि सटरहरु बनाएको छ । सङ्घीय सरकारको रु तीन करोडको लागतमा सो स्थानमा चिस्यान केन्द्र निर्माण गर्नका लागि पहिलो वर्ष रु एक करोड विनियोजन भइसकेको अध्यक्ष थापाले बताए ।
हाल निर्माण गरिएको बजार केन्द्र एकान्त स्थान भएकाले व्यापार नहुने डरले पनि व्यवसायीहरु त्यहाँ जानका लागि चासो नदेखाएको हुन सक्ने गाउँपालिका कार्यालयले जनाएको छ । पृथ्वीराजमार्ग विस्तार गर्ने अभियानपछि मात्रै उक्त स्थानमा व्यापारीहरु जान सक्ने अवस्था देखिएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार