रश्मी बनिन् लेट मी इन मिसेज ब्युटी क्विन नेपालको बिजेता
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
फागुन १८, २०७७ मंगलबार २०:२:११
![](https://nepalbahas.prixacdn.net/media/albums/beauty-queen_DPRjxRwrrw.jpg)
१८ फागुन,काठमाडौं । सिजन मिडियाद्वारा आयोजना गरेको ‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ की बिजेता ललितपुरकी रश्मी शाक्य भएकी छिन् । ललितपुरमा सौन्दर्य पेशा गर्दै आएकी शाक्यले मिसेज ट्यालेन्ट उपाधिसमेत प्राप्त गरिन् । २२ जना प्रतियोगी सहभागी सो कार्यक्रममा डा अश्विना केसी फस्ट रनरअप भए भने इन्टेलिजेन्टको टाइटल अवार्ड पनि हात पार्न सफल चइन् । प्रतियोगितामा सेकेन्ड रनरअप लसता शाक्य भइन् भने उनले बेस्ट स्किन र बेस्ट वाकको पनि उपाधि जित्न सफल भइन् ।
विजेता शाक्यले रेफ्रिजेरेटर, लेटमीइनका तर्फबाट ३० हजार बराबरको गिफ्ट भौचर र सिङ्गापुर मलेसियाको भ्रमणका लागि हवाई टिकट उपहारस्वरुप प्राप्त गरिन् । फस्ट रनर अपलाई ४० इन्चको टिभी, सेकेन्ड रनर अपलाई भ्याकुम क्लिनर साथै सिङ्गापुर मलेसियाको हवाई टिकट तथा लेटमिइनका तर्फबाट २० हजारको गिफ्ट भौचर प्राप्त गरिन् । थर्ड रनरअप शर्मिला घिसिङ र चौथो रनरअप सपना थापा भइन् भने अर्गनाइजर च्वाइसको उपाधि अम्बिका थापाले जित्न सफल भइन् ।
कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले यस्ता प्रतियोगिताले महिलाको सौन्दर्यका साथै आत्मविश्वास दिलाउने विश्वास व्यक्त गरिन् । उनले कार्यक्रम हेरेर महिलाका अधिकारका लागि लड्ने संस्थाले यस्ता कार्यक्रममा महिला सहभागितालाई बढी जोड दिनुपर्ने आवश्यकता औल्याइन् । अध्यक्ष पराजुलीले आगामी दिनमा यस्ता कार्यक्रमसँग हातेमालो गर्दै अझ सशक्तरुपमा महिलालाई जनचेतना तथा अधिकारका बारेमा सचेतना फैलाउन सकिने बताएकी छिन् ।
प्रतियोगितामा सृजना थापाले डिसिप्लेन, सजिता रेग्मी कन्फिडेन्ट, लक्ष्मी राणा लोयल, सुनिता केसी पपुलर, अञ्जु क्षेत्री फोटोजेनिक, रेनु रायमाझी फ्रेन्डली उपाधि जिते । त्यस्तै, निरु सिंह इनोसेन्ट, लक्ष्मी घिमिरे हम्बल, लक्ष्मी अर्यालले मिसेज बब्ली, सृजना अधिकारी ब्युटिफुल, सुस्मा रिसाल सुवेदीले मिसेज इनरजेटिक, चन्द्रकला रायले मिसेज इन्थुज्यनटिक, लक्ष्मी महर्जन कोटियोर्स, पनिता कार्की अनेष्ट, सरस्वती अचार्य गौतमले मिसेज हार्डओर्किङ र सुन्नीमा लम्साल मिसेज ब्रेभ एन्ड बोल्ड अवार्ड प्राप्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानेपाको हेरिटेज गार्डेनमा नेपाल फेसन फेस्टिबल
जेठ ११, २०८१ शुक्रबार
विश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
उत्तर कोरिया जाँदै रुसी राष्ट्रपति पुटिन
असार ३, २०८१ सोमबार
प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट
असार ३, २०८१ सोमबार
सडक कालोपत्र गर्ने काम बीचमै छाडेर ठेकेदार फरार
असार ३, २०८१ सोमबार
पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल
असार ३, २०८१ सोमबार
विश्व बैंकको अनुदानमा बागलुङका तीन सडक कालोपत्र हुँदै
असार ३, २०८१ सोमबार