छिस्तीमा हवाई चप्पल उद्योग सञ्चालनमा
नेपालबहस संवाददाता
फागुन १९, २०७७ बुधबार १८:२५:२५
१९ फागुन, बलेवा । बागलुङको दक्षिण जैमिनी नगरपालिका–८ छिस्तीका युवा कमल विश्वकर्माले गाउँमै हवाई चप्पल उत्पादन गर्न शुरु गरेको छ । रोजगारीको सिलसिलामा विदेशिने युवाहरुको जमात बढिरहेका बेला छिस्तीका युवा विश्कर्माले ग्रामीण क्षेत्रमै व्यवसायको प्रर्वद्धन गर्ने उद्देश्यले गाउँमा हवाई चप्पल उत्पादन गर्न शुरु गरेको हो ।
केही समयअघि पोखराका केही सञ्चारमाध्यममा समेत काम गरेका विश्वकर्माले अहिले भने गाउँमै केही गर्नुपर्छ भन्ने हेतुले छिस्ती धुसमा चप्पल उद्योग सञ्चालनमा ल्याएको बताए । मानिसका लागि अति आवश्यक पर्ने चप्पल बाहिरी देश अथवा गाउँभन्दा बाहिरबाट ल्याउँदा धेरै महँगो पर्ने भएकाले आफूले गाउँमै उद्योग सञ्चालन गरेको उनको भनाइ रहेको छ ।
पाँच लाख लगानी गरेर सञ्चालन गरिएको उद्योगमा दैनिक १०० देखि १५० जोडीसम्म चप्पल उत्पादन हँुदै आएको उनले जानकारी दिए । उत्पादित चप्पल बागलुङ बजारसँगै छिमेकी जिल्ला गुल्मी, पर्वतमा पनि बिक्री भइरहेको विश्वकर्माले बताए ।
स्वदेशमै राम्रो आम्दानी गर्न सकेमा विदेश जानुपर्ने बाध्यताको अन्त्य हुने उल्लेख गर्दै उनले अर्काको देशमा रातदिन पसिना बगाए पनि आत्मसम्मान नहुने भएकाले स्वदेशमा व्यवसाय शुरु गरेको बताए । अहिले उद्योगमा बाबुछोराले काम गरिरहेको र अब केही समयपछि लगानी बढाएर गाउँमै रहेका युवाहरु पनि रोजगार दिने सोचमा रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार