पूर्वविद्यार्थीले दिन्छन् छात्रवृत्ति
नेपालबहस संवाददाता
फागुन १९, २०७७ बुधबार १८:४२:१
बलेवा, १९ फागुन । अमेरिकामा बसेर काम गरिरहेका डा हेमराज रेग्मीले दुई दशकअघि हरिचौरको न्यू लाइफ आवासीय माविमा पढ्थ्याे । उनी विदेशमा पुगेर पेशामा जोडिएपछि गाउँका बालबालिकालाई छात्रवृत्ति दिने काममा सहयोग गर्न थालेकाे छ ।
पछिल्लो सात वर्षदेखि उनले ६ जना बालबालिकालाई निःशुल्क पढाएको छ । कक्षा १२ सम्म ती बालबालिका पढाउन आवश्यक पर्ने रकम उनले पठाउने गरेको पूर्वविद्यार्थी फमबहादुर खत्रीले बताए । बालबालिकालाई शिक्षण शुल्क, पोशाक, पुस्तक, स्टेशनरीलगायत सबै सहयोग गरेको छ । उनको सहयोगबाट दलित, जनजाति र विपन्न परिवारका बालबालिकाले संस्थागत विद्यालयमा पढ्ने अवसर पाएका छन् । उनले छात्रवृत्ति दिएका सबै बालबालिका गलकोट नगरपालिका–६ को न्यू लाइफ आवासीय माविमै अध्ययन गर्छन् ।
हरिचौरकै जयबहादुर बुढाथोकीले छात्रावाससहितको खर्च व्यहोरेर तीनजना बालबालिका पढाएको छ । रेग्मी र खत्रीले वार्षिक चार लाख र बुढाथोकीले ६ लाखभन्दा बढी रकम छात्रवृत्तिमा खर्चेको बताए । क्यानडामा बस्नुभएका राजन खत्रीले पनि गलकोटकै पाँचजना बालबालिकालाई नियमित पढाएको छ । गलकोट नगरपालिका–५ का खत्रीले पनि सबै बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क पढाउने लक्ष्य राखेकाे छ । विद्यालयले आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिका छनोट गरेर दिएपछि छात्रवृत्ति दिएको प्रअ वीरबहादुर बोहराले बताए ।
“नियमित सहयोग आएकाले बालबालिका र उनीहरुको अभिभावकलाई हामीले कुनै शुल्क माग्नु परेको छैन”, बोहराले भने, “विद्यालयमा पनि स्वास्थ्य सामग्रीहरु सहयोग गरिरहेको छ ।” प्रवासबाटै २० जनाभन्दा बढी बालबालिकालाई छात्रवृत्ति प्राप्त भएको उनले बताए।
उक्त विद्यालयको २०५१ सालदेखि एसएलसी उत्तीर्ण भएका ७०६ मध्ये झण्डै ४०० भन्दा बढी जापान छन् । तीबाहेक धेरैजसो अमेरिका र अष्ट्रेलियामा पुगेका छन् । अन्यले पनि भारत र नेपालका मुख्य शहरमा उत्कृष्ट चिकित्सक, इन्जिनीयर र व्यवसायी बनेर स्थापित भइसकेको तथ्याङ्क छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण
जेठ ४, २०८१ शुक्रबार
रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी
जेठ ४, २०८१ शुक्रबार
महिला क्रिकेटको फाइनलमा सुदूरपश्चिम प्रदेश
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारियो
जेठ ४, २०८१ शुक्रबार
विक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार