लमजुङमा मानव सेवा आश्रमको भवन बनाइने
नेपालबहस संवाददाता
फागुन १९, २०७७ बुधबार १८:४६:२८
१९ फागुन,लमजुङ । लमजुङमा आश्रम भवन निर्माणका लागि मानव सेवा आश्रमका प्रमुख संरक्षक गोविन्द टन्डन, केन्द्रीय अध्यक्ष रामजी अधिकारी, पूर्व मिस नेपाल शृङ्खला खतिवडालगायत प्राविधिक टोलीले स्थलगत अध्ययन तथा अवलोकन गरेको छ । बेँसीशहर नगरपालिका–९ पाखाथोक बालसपना समाजले उपलब्ध गराएको पाँच रोपनी जग्गामा निर्माण हुने मानव सेवा आश्रमको लागि आज उनीहरुले स्थलगत अध्ययन तथा अवलोकन गरेका हुन् ।
सो अवसरमा आश्रमका प्रमुख संरक्षक टन्डनले मानवीयताले गर्ने सबैभन्दा ठूलो काम मानवीय सेवा रहेको बताए । समुदायस्तरमा भएका सङ्घसंस्था, सर्वसाधारण सबै मिलेर अघि बढेमा आश्रम भवन निर्माण गर्न सहज हुने उनको भनाइ छ । आश्रमका केन्द्रीय अध्यक्ष अधिकारीले भने, “नेपाललाई विसं २०८२ सम्म सडक मानवमुक्त घोषणा गर्ने भनिए पनि सोभन्दा अघि नै विसं २०७८ फागुनसम्म घोषणा गर्ने गरी अघि बढिरहेका छौँ ।’’ लमजुङ जिल्लालाई सो भन्दा अघि नै सडकमा नवमुक्त घोषणा गर्न लागेको उनको भनाइ छ । आश्रम निर्माणका लागि अर्थ सङ्कलन गर्ने उद्देश्यले चाँडै महायज्ञ आयोजना गरिने बताइएको छ ।
इन्जिनीयर तथा पूर्व मिस नेपाल खतिवडा स्थलगत अवलोकन गरेपछि यहाँ आश्रम भवन निर्माणको लागि चाँडै नक्शा निर्माण गर्ने बताएका छन् । जिल्लाकै नमूना तथा परम्परागत रुपमा आश्रम बनाउन भूमिका निर्वाह गर्ने उनको भनाइ छ । नगरप्रमुख गुमानसिंह अर्याल, वडाध्यक्ष शरद बराललगायतले यहाँ आश्रम भवन निर्माणका लागि आ–आफ्नो भूमिका तथा तहबाट विभिन्न सहयोग गर्ने बताए । आश्रमकी संयोजक अनिता अधिकारीले यस भवन निर्माणका लागि नक्सा तयार गर्नेदेखि आसपासमा विभिन्न संरचना तयार पूर्व मिस नेपाल खतिवडाले गर्ने बताए । आश्रममा १०० जना सडक मानव अट्ने भवन, शौचालय, कार्यालयदेखि विभिन्न संरचना निर्माण गर्ने आश्रमले जनाएको छ । आश्रमका अनुसार त्यस्तै यस आश्रम परिसरमा बाल सपना समाजसँग समन्वय गर्दै आश्रमले बाल उद्यान, ज्येष्ठ नागरिक आश्रम, ब्यायमशाला, उपचार कक्षलगायतका संरचना निर्माण गर्ने भएको छ ।
आश्रम निर्माणका लागि गत मङ्सिर १७ गते बाल सपना समाज लमजुङले निःशुल्क पाँच रोपनी जग्गा प्रदान गरेको थियो । समाजको नाममा रहेको १३ रोपनी जग्गामध्ये पाँच रोपनी जग्गा सरकारी मूल्यअनुसार रु एक करोड ६८ लाख छ हजारबराबरको जग्गा आश्रमलाई निःशुल्क उपलब्ध गराइएको समाजका अध्यक्ष बालकृष्ण बरालले बताए ।
गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आश्रमको भवन निर्माणका लागि यस चालू आर्थिक वर्षमा रु ५० लाख विनियोजित गरेको आश्रमले जनाएको छ । यस आश्रम २०७३ चैत १२ गते छैटौं शाखाका रुपमा यस नगरपालिका–७ हाइस्कुल चोकमा एक स्थानीयवासीको घर भाडामा लिएर आश्रम सञ्चालन गर्दै आएको छ । यस आश्रममा हाल ३२ जना बेवारिसे सडक मानवले आश्रय लिइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार