धन्न सांसद भइनछु
नेपालबहस संवाददाता
फागुन १९, २०७७ बुधबार २३:१:५२
नेपाली जनताको अत्यन्तै ठूलो आशा र भरोषाका साथ
अत्यधिक मत र अभिमत प्राप्त गरी
देशको कानून र नीति निर्माण बनाउन
अनि देशलाई विकासको बाटोमा डोर्याउन
जनप्रतिनिधिको रुपमा सभासद बनाएर
संसदभवन पठाएका नेताहरु नै
धमाधम डिल्लीबजारको खसी बजारमा
बेच्न राखिएका खसी बोका झैं
बिक्रि भैरहेको समाचार सुन्दा,
आफ्नै नांगो आँखाले देख्दा
धन्य आफुलाई सांसद नभएकोमा
अहिले आएर गर्व लाग्न थालेको छ ।
जनतालाई सधैं अभाव र अत्याचारको जाँतोमा
घुन झै पिसिंदा पनि
महंगी र महामारीको दोहोरो भारले
उठनै नसक्ने गरी थिचिदिँदा पनि
जनताका शरिर र आँखाबाट निस्किएका
पसिना र आँसुका थोपाहरु
गाँसै पिच्छे अमिलो गरी मिसिंदा पनि
जनताको भोक, रोग र अभावमा
कहिल्यै आप्mनो तर्फबाट दुई पैसा खर्चिन नसक्ने
विदेशिका दलालहरु
जनताको लाशमाथि राजनीति गर्न पल्किएका
मानव हलाहलका बस्तिहरु ।
दशौं करोडको डाक बडाबडमा
जनताका मतदानका उपहारहरु
बिच सडकमै बिक्रि भैरहँदा
जनताको अभिमतको नाङ्गो अवज्ञा गर्दै
सभासद नामका पैसाको भोकाहरु
रोशनीको कोठा, निर्मला र भागिरथीको
बाटो ढुक्ने चोट्टाहरु
आफ्नाे मुल्य आफै तोक्दै
खुल्ला बिक्रीका लागि कहिले बालुवाटार,
कहिले सिंहदरबार त कहिले
खुमलटार चाहार्दै छन् ।
कसाईले बोकाको गर्धन समातेर
बोकाको मुल्य तोके झैं
हाम्रा जनप्रतिनिधिहरुका कठालो
छामेर सांसदको मुल्य तोक्दैछन्
सभासद्हरु भने यिनै मान्छे व्यापारीलाई
आफ्ना अति प्रिय नेता ठान्दैछन् ।
अझै बढी डाँक बडाबडमा आप्mनो मुल्य पाउन
अझै पनि यिनै दलका झोला बोक्दैछन् ।
हिजो आफ्नै दलको बहुमतको
सरकार गिराउने महामहिमहरु नै
आज अर्कैको पार्टी फुटाएर
सरकार जोगाई दिने स्वाँग रच्दैछन् ।
आफ्नै दलभित्रका अनगिन्ती समस्याहरुलाई
थाति राखेर, आफु मध्यरातमा
बालुवाटारमा व्हिस्की र मटन खान
थाहैनपाईकन लुसुक्क पस्दैछन् ।
यि सबै चर्तिकाला हेर्दा मलाई
सांसद नभएकोमा अहिले आएर
गर्व लाग्न थालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाइग्रेसले नेपालका विभिन्न ठाउँमा आफ्नो प्रस्तुति दिने
चैत २६, २०८० सोमबार
ज्ञानुको ‘संवेदनाको समायोग’ माथि पोखरामा चर्चा
चैत २५, २०८० आइतबार
'जून ओर्लेको रात' बजारमा
चैत १४, २०८० बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार