नमूना उखु गाउँ कार्यक्रमबाट लाभान्वित किसान
नेपालबहस संवाददाता
फागुन २०, २०७७ बिहिबार १७:४५:१
२० फागुन,महेन्द्रनगर । कञ्चनपुरको दक्षिण क्षेत्रका ४०० घरधुरी किसान दुई वर्षयता मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम सञ्चालित नमूना उखु गाउँ कार्यक्रमबाट लाभान्वित भएका छन् । कृषि ज्ञान केन्द्रका अनुसार दुई वर्षदेखि बेल्डाँडी गाउँपालिका, लालझाँडी गाउँपालिका, बेलौरी र पुर्नबास नगरपालिकामा उक्त कार्यक्रम सञ्चालन भइरहेको छ । “छनोट गरिएका पालिकामा एउटा पालिकामा १०० घरधुरी किसान छनोटमा परेर उक्त कार्यक्रमअन्तर्गत उखुखेती गरिरहेका छन्”, कृषि ज्ञान केन्द्रका कृषि अधिकृत तथा मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम संयोजक रणबहादुर मल्लले भने, “चारवटा पालिकामा ४०० किसान प्रत्यक्ष लाभान्वित भएका छन् ।”
दक्षिण क्षेत्रमा लामो समयदेखि उखुखेती गर्दै आएको भए पनि उखु नमूना गाउँ कार्यक्रम सञ्चालनमा आएपछि थप उत्साहका साथ किसान त्यसतर्फ अग्रसर भएका छन् । नमूना गाउँअन्तर्गत किसानले १५ हजार बिघामा उखुखेती गरिरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । “चारवटै पालिकाका लागि यान्त्रिक, सिँचाइ र बीउ खरिदका लागि वार्षिक रु दुई करोड रकम विनियोजन भएको छ”, संयोजक मल्लले भने, “कार्यक्रममा समेटिएकाभन्दा अन्य किसान पनि सो क्षेत्रमा व्यावसायिकरूपमा उखुखेती गरिरहेका छन् ।
कार्यक्रमअन्तर्गत कृषि समूह समन्वय समिति गठन गरिएको छ । उखु किसानलाई सिँचाइमा ८० प्रतिशत र बीउबिजन खरिद र यान्त्रिक औजारमा ५० प्रतिशत अनुदान दिने गरिएको छ । “निवेदनअनुसार छनोट भएका किसान उखुखेती गरिरहेका छन्”, उनले भने, “उखु नमूना गाउँ कार्यक्रमले बस्तीमा किसान झन् सक्रिय भएका छन् ।” उनले एमरेड नामक संस्थाले ज्ञान केन्द्रसित समन्वय गरेर किसानलाई यान्त्रिक औजार खरिदमा ५० प्रतिशत अनुदान वितरण गरिरहेको जानकारी दिए । कञ्चनपुरको दक्षिण क्षेत्रमा दुईवटा चिनी मिल र सयौँ स–साना गुड उद्योग सञ्चालनमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
बजारमा माग बढेपछि जुनेलो र फापरखेती गर्दै किसान
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार