गण्डकीमा स्कुल अफ डेमोक्रेसीको कार्यसमिति बिस्तार, अध्यक्षमा गंगाधर पराजुली
नेपालबहस संवाददाता
फागुन २०, २०७७ शुक्रबार १:५४:५०
२० फागुन, पोखरा । स्कुल अफ डेमोक्रेसीको गण्डकी प्रदेशको कार्यसमिति बिस्तार गरिएको छ । प्रदेश कार्यसमितिका अध्यक्ष गंगाधर पराजुलीको नेतृत्वमा समिति बिस्तार गरिएको हो । समितिमा रहेका मध्ये अधिकांश नेपाली कांग्रेस र विभिन्न भातृ तथा शुभेच्छुक संस्थाको जिम्मेवारी समेत लिइसकेका र राजनीतिमा क्रियाशील छन् । यसका साथै विभिन्न पेशागत , बौद्धिक , सामाजिक तथा धार्मिक संघसंस्थामा रहेर महत्वपूर्ण जिम्मेवारीमा रहेकाहरुलाई पनि समितिमा राखिएको छ ।
समितिमा केही सदस्यहरुको मनोनयन बाँकी रहेको र पदाधिकारीहरुको चयन पनि समितिका सदस्यहरुबाट गरिने बताउंदै प्रदेश समितिका अध्यक्ष पराजुलीले यथाशीघ्र सदस्य एवं पदाधिकारीहरुको पदबहाली कार्यक्रम समेत गरिने जानकारी दिए । समितिमा सदस्यमा बाग्लुङका बसन्त श्रेष्ठ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा बाग्लुङ नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट प्रमुख पदका उमेदवार समेत हुा् । उनी थोरै मतले नगरप्रमुख पदमा पराजित भएका थिए । उनी विभिन्न व्यवसाय र राजनीति लगायत विभिन्न संघ संस्थामा सक्रिय छन। यसैगरि गोरखाबाट विना देवी श्रेष्ठलाई सदस्य राखिएको छ । उनी नेपाली कांग्रेसकी नेतृ तथा गोरखा नगरपालिकाका उपप्रमुख हुन् ।
यस्तै पर्वत जिल्लाबाट सदस्यमा मनोनित हुने लेखनाथ उपाध्याय छन् । उनी लामो समयदेखि प्राध्यापन पेशामा संलग्न छन् । नेपाली कांग्रेसको बौद्धिक व्यक्तित्व विभिन्न विषयको प्रशिक्षक रुपमा समेत उनले काम गर्दै आएका छन् । तनहुबाट आशा थापालाई प्रदेश समितिको सदस्य मनोनित गरिएको छ । उनी नेपाली कांग्रेसकी नेतृ एवं तनहुको भानु नगरपालिकाकी उपप्रमुख हुन् ।
यस्तै सदस्यमा मनोनित हुनेमा म्याग्दी जिल्लाका धनन्जय कुमार श्रेष्ठ छन् । उनी नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष हुन् । कास्कीका प्रकाश उदास पनि समितिको सदस्यमा मनोनित भएका छन् । उनी नेपाली कांग्रेस पोखरा महानगर समितिका पूर्व सचिव र विगतमा नेविसंघको राजनीतिमा समेत सक्रिय रहनुका साथै विभिन्न धार्मिक र व्यवसायिक एवं सामाजिक संघ संस्थामा निरन्तर सक्रिय व्यक्तित्व हुन् ।
यस्तै अर्का सदस्य अर्जुन पोखरेल पनि समितिको सदस्यमा मनोनित भएका छन् । पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित उपाध्यक्ष हुन् । उनले नेपाली कांग्रेसका युवाहरुमाझ लोकप्रिय एवं व्यवसायिक र विभिन्न संघ संस्थामा समेत सक्रिय रुपमा काम गर्दै आएका छन् । अर्का सदस्य मिलन थापा नेपाली कांग्रेसको महिला विभागका केन्दिय सदस्य हुन् । पोखरामा महिलाहरुको स्वामित्वमा संचालित रेडियो जननीको अध्यक्ष एवं लायन्स लगायतका संस्थामा क्रियाशील थापा पोखरामा अटोमोबाइल, होटल , पर्यटन लगायतका व्यवसायमा संलग्न छिन् ।
समितिको अर्का सदस्यमा पुष्पराज पराजुली मनोनित भएका छन् । पराजुली नेपाली कांग्रेस कास्कीका सदस्य, कांग्रेस पोखरा महानगर समितिका पूर्व कोषाध्यक्ष साथै विभिन्न संघ संस्थामा क्रियाशील व्यक्तित्व हुन भने रविन्द्र बराल पोखरा विश्व विधालयमा प्राध्यापनरत, पोविवि प्राध्यापक संघ लगायत विभिन्न संघ संस्थामा सक्रिय युवा हुन् ।
नेविसंघको राजनीतिमा लामो समय क्रियाशील देवकृष्ण पराजुली पनि समितिको सदस्यमा मनोनित भएका छन् । हाल नेपाली कांग्रेसको राजनीतिमा समेत सक्रिय पराजुली अन्य संघ संस्थामा पनि त्यत्तिकै क्रियाशील छन् । यसैगरि कास्कीको अन्नपूर्ण गाउंपालिकाका विजय गुरुङ नेपाल तरुण दल र नेपाली कांग्रेसका युवा हुन् । उनी शहिद तत्कालीन अवस्थामा सशस्त्र माओवादीबाट हत्या गरिएका शहिद कृष्ण बहादुर गुरुङका छोरा हुन् ।
यसैगरि लमजुङमा रहेर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय विच्छ बहादुर घले , नवलपुरमा नेविसंघ र तरुण दलमा सक्रिय रही विभिन्न व्यवसायमा संलग्न युवा अनन्त कंडेल पनि समितिमा मनोनित भएका छन् । यस्तै स्याङजाको गल्याङका श्याम भण्डारी पनि प्रदेश समितिको सदस्यमा मनोनित भएका छन् । भण्डारी राष्ट्रीय स्तरमा स्थापित कफी व्यवसायी पनि हुन् । सदस्यमा रहने लक्ष्मण अधिकारी स्याङजाको भीरकोट नगरपालिका वार्ड नं ५ का वडाध्यक्ष तथा कांग्रेसका युवा नेता हुन् भने स्याङजाकी रन्जता रेग्मी नेविसंघका पुर्व केन्द्रीय सदस्य हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
ऐतिहासिक स्थल पञ्चदेवल
जेठ ४, २०८१ शुक्रबार
जानकी मन्दिरमा भक्तजनहरूको भिड
जेठ ४, २०८१ शुक्रबार
बालबालिकाको सिकाइका क्रममा देखापर्ने कठिनाइ ‘डिस्लेक्सिया रोग होइन, अवस्था हो’
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
संसद भवनमा विपक्षी दल, सिंहदरबारमा सत्ता पक्ष
जेठ ४, २०८१ शुक्रबार