दुवै मिर्गौला फेल भएका युवकद्वारा सहयोग गरेर बचाइदिन अनुरोध
नेपालबहस संवाददाता
फागुन २१, २०७७ शुक्रबार १५:३९:३१
२१ फागुन, जाजरकोट । दुवै मिर्गौला फेल भएपछि जीवनमरणको दोसाँधमा अस्पतालको शय्यामा छट्पटाइरहेका नलगाड नगरपालिका–८ का ३६ वर्षीय नेत्रहादुर बस्नेत सहयोगका लागि याचना गरिरहेका छन् । उपचार गर्दागर्दै सबै सम्पत्ति सकिएको भन्दै उनले आफूलाई सहयोग गरेर बचाइदिन अनुरोध गरे ।
अत्यन्त विपन्न परिवारका उनले अहिले काठमाडौंस्थित केएमसी अस्पतालमामा उपचार गराइरहेका छन् । उनको हप्तामा दुईपटक डायलासिस गर्नुपर्छ । गत पुषमा बिरामी परेका उनलाई उपचारका लागि काठमाडौं लगिएको थियो । शिक्षण अस्पताल काठमाडौंले दुवै मिर्गौला फेल भएको पत्ता लगाएको थियो ।
काठमाडौंमै उपचार गराइरहेका उनलाई खर्चले धान्न नसकेपछि अहिले उपचार कार्य रोकिने अवस्थामा पुगेको छ । आफन्तले मिर्गौला दिने तयारी गरे पनि अर्थाभावले मिर्गौला प्रत्यारोपण गर्न नसकिएको उनकी श्रीमती दिलमायाले बताए । “घरको आर्थिक अवस्था निकै नाजुक छ । छोरा, छोरी साना छन् । घरमा कमाइ गरिदिने कोही छैनन् ।
दैनिक छाक टार्नसमेत मुस्किल परिरहेको परिवारले मिर्गौला प्रत्यारोपण गर्न लाग्ने रु १० र १२ लाख कसरी जुटाउने भन्ने चिन्ताले सताइरहेको छ”, उनले भने, “म श्रीमानलाई बचाउन चाहन्छु तर हामीसँग पैसा छैन । अहिलेसम्म ऋणसाहु गरेर बचायौँ । प्रत्येक हप्ता दुईपटक डायलासिस गर्ने र दुई महिनामा एकपटक रगत दिनु पर्दछ ।” ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा जुटे
जेठ ५, २०८१ शनिबार
'कोपिलाका सुगन्ध’ बजारमा
जेठ ५, २०८१ शनिबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार
मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध
जेठ ५, २०८१ शनिबार
मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा
जेठ ५, २०८१ शनिबार
बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या
जेठ ५, २०८१ शनिबार