विप्लप ओली सहमति पछि कालीकोटवासी उत्साहित
नेपालबहस संवाददाता
फागुन २१, २०७७ शुक्रबार २०:४:२२
२१ फागुन,मान्म । सरकार र नेत्रविक्रम चन्द समूहबीच तीनबुँदे सहमति भएपछि कालीकोटवासी उत्साहित भएका छन् । विगतमा माओवादीले सञ्चालन गरेको जनयुद्धका कारण प्रभावित भएको कालीकोट सरकार र नेत्रविक्रम चन्द समूहबीच भएको तीनबुँदे सहमतिका कारणले उत्साहित भएका हुन् ।
माओवादीले सञ्चालन गरेको १० वर्षे द्वन्द्वका क्रममा ६०० भन्दा बढीले ज्यान गुमाएको कालीकोटले चन्द समूहले हिंसात्मक गतिविधि सञ्चालन गर्न थालेपछि कालीकोटवासी त्रसित बनेका थिए । चन्द समूहका प्रवक्ता तथा वार्ता टोलीका संयोजक खड्कबहादुर विश्वकर्माको गृहजिल्ला र चन्द समूहको प्रभाव क्षेत्र भएको कालीकोटमा कतै पुनःद्वन्द्व हुने हो कि भन्ने चिन्तामा कालीकोटवासी रहेका थिए ।
चन्द समूह र सरकारबीच भएको सहमतिले देशमा शान्ति र स्थायित्व हुने, देश विकासमा लाग्न सबैलाई बाटो खुला भएको कालीकोट रास्कोट नगरपालिका–१ स्थानीय रामबहादुर शाहीले बताए । “देशमा फेरि द्वन्द्व हुन्छ कि भन्ने लागेको थियो”, उनले भने, “सरकार र चन्द समूहबीच भएको सहमतिले फेरि शान्तिको सास फेर्ने आश पलाएको छ ।” चन्द समूहको प्रभावित जिल्ला भएका कारणले कालीकोटमा स्थानीय जनप्रतिनिधि, शिक्षक, कर्मचारीलगायत अन्य गैरसरकारी संस्थाका प्रतिनिधि गाउँमा जान पनि त्रसित हुने गरेका थिए । चन्द समूहका कार्यकर्ताले गाउँपालिकामा आगजानीलगायत कार्य गरेको कारणले स्थानीयवासी त्रसित बनेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० कालीकोटका ओली समूहका अध्यक्ष नगेन्द्र शाहीले बताए । “कालीकोटका स्थानीयवासीमा ठूलो डरत्रास थियो”, उनले भने, “अब त्यसको अन्त्य भएको छ । नागरिकमा उत्साह थपिदिएको छ ।”
कालीकोटमा विसं २०६४ को स्थानीय तहको निर्वाचनमा जिल्लाको नरहरिनाथ गाउँपालिका–६ माल्कोटमा चन्द समूहले निर्वाचन बिथोल्न खोज्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका वडाध्यक्षका उम्मेदवार गोर्ख बटालाले ज्यान गुमाएका थिए । सरकार र चन्द समूहबीच भएको तीनबुँदे सहमति स्वागतयोग्य भएको बताउँदै चन्द समूहका जिल्ला सचिव मनिलाल ऐडीले अब खुला राजनीतिमा आउँदा सङ्गठन विस्तामा झन बढी उत्साहसाथ लाग्न प्रेरणा दिएको छ भने । “खुला राजनीतिमा आउन पाउँदा हर्षित तुल्याएको छ”, उनले भने, “सरकार र हामीबीच भएको तीनबुँदे सहमति ऐतिहासिक हो ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
पानीको कमीले गर्मीमा बेचैनी निम्त्याउँछ, दैनिक खानुहोस् यी पाँच चीज
जेठ ५, २०८१ शनिबार
चनौटेडाँडा गर्मी छल्ने उपयुक्त गन्तव्य बन्दै
जेठ ५, २०८१ शनिबार
काभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
के मधुमेहका बिरामीले गर्मीमा नरिवलको पानी पिउन मिल्छ ?
जेठ ५, २०८१ शनिबार
वागमती प्रदेशमा विशेषाधिकार समिति गठन
जेठ ५, २०८१ शनिबार
मकवानपुरको ठिंगनमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु
जेठ ५, २०८१ शनिबार