भीरकोट स्याङ्जालाई पहिलो बालमैत्री नगर घोषणा
नेपालबहस संवाददाता
फागुन २३, २०७७ आइतबार १८:५४:५७
२३ फागुन, काठमाडौं । स्याङ्जाको भीरकोट नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिएको छ । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले शनिबार एक भव्य कार्यक्रमका बिच भीरकोटको शिशौघारीमा आयोजित कार्यक्रममा भीरकोट नगरपालिकालाई बालमैत्री नगर घोषणा गरेका हुन् ।
बालमैत्री घोषणा गर्नुहुँदै गण्डकी प्रदेश प्रमुख शेरचनले बालमैत्री कार्यक्रमले बालबालिकामाथि हुने सबै प्रकारका विभेद र शोषणको अन्त्य हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बालमैत्री स्थानीय शासन सबै तहमा हुनु आवश्यक छ, यसले बालश्रम, बालविवाह जस्ता घटनालाई न्यूनीकरण गर्छ ।’ हरेक तह व्यावहारिक रूपमै बालमैत्री हुन आवश्यक रहेको भन्दै प्रमुख शेरचनले बालबालिकाको क्षेत्रमा गरिने लगानीले भविष्यमा उचित प्रतिफल मिल्ने बताए । उनले भने, ‘बालबालिकाको शिक्षा र स्वास्थ्यको जिम्मा राज्यले लिनुपर्छ ।
असल र निष्ठावान् नागरिक निर्माणका लागि बालबालिकाको क्षेत्रमा लगानी गर्नु आवश्यक छ ।’ भीरकोटले बालबालिकाको क्षेत्रमा लगानी गरेकोमा प्रशंसा गर्दै उहाँले संविधानले निर्दिष्ट गरेका बालमैत्रीसम्बन्धी विषयवस्तुलाई बालमैत्री घोषणाले कार्यान्वयनमा ल्याएको बताए ।
कार्यक्रममा नेपाली कांगे्रस गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, प्रदेश सांसद दीपक चर्ती मगर, प्रदेश सांसद भागवत् प्रकाश मल्ल, मेखलाल श्रेष्ठ, जिल्ला समन्वय उपप्रमुख दिलिप बगाले, गलकोट नगरपालिकाका मेयर भरत गैह्रे, प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल, वडा नंं १ का अध्यक्ष एवं प्रवक्ता दीपेन्द्र केसी, वडा नं. २ का वडाध्यक्ष कमल त्रिपाठी, बालसञ्जालका नगर अध्यक्ष सुदीप पौडेल लगायतले बोलेका थिए । साथै कार्यक्रममा भीरकोटले डिजिटल प्रोफाइलसमेत सार्वजानिक गरेको छ ।
कार्यक्रममा नगर प्रमुख छायाराम खनालले नगरलाई बालमैत्री नगर घोषणाका लागि गर्भावस्थादेखि नै स्वस्थ बालबालिका लक्षित कार्यक्रमहरु गरिएको भन्दै गर्भवतीलाई अण्डा वितरण, नियमित गर्भ जाँच, पूर्ण खोपको सुनिश्चितता गरिएको बताए । खनालले भने, ‘हामीले बाल विवाह न्यूनीकरण, बालश्रमको अन्त्यका विभिन्न कार्यक्रमहरु गरेका थियौँ र हामी आज सफल पनि भएका छौँ । बालमैत्री नगर घोषणा भएको छ ।’
घोषणासँगै नेपालभरिका नगरपालिकामध्ये भीरकोट सातौं, गण्डकी प्रदेशमा दोस्रो र स्याङ्जामै पहिलो बालमैत्री नगरपालिका बन्न सफल भएको छ । बालमैत्री नगर घोषणाका लागि भीरकोटले वि.सं. २०७५ साल पौष ९ गतेदेखि नै बालमैत्री स्थानीय शासन अवलम्बन गरी वडा तथा नगरमा बालमैत्री स्थानीय शासन अवधारणालाई सुनिश्चित गर्दै बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा आधारित भई आवधिक वार्षिक योजना सुरु गरेको थियो ।
गत वर्षको चैत्रमै बालमैत्री घोषणाको तयारीमा रहेपछि कोभिडका कारण घोषणा हुन सकेको थिएन् । घोषणाका ३९ सूचकहरु पुरा गरी बालमैत्री नगर घोषणा गरिएको हो । नगरले ३९ सूचकमध्ये २० ओटा १०० प्रतिशत र १९ ओटा ९९.६७ प्रतिशत नतिजा हाँसिल गरेको छ । त्यस्तै कायक्रममा बालबालिकाको स्थितिपत्र समेत प्रकाशन गरिएको छ ।
कार्यक्रमा यसअघि गरिएका अतिरिक्त क्रियाकलापहरुमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालय तथा विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो भने विभिन्न विद्यालयका बालबालिकाहरुले नृत्य, गीतलगायत विविध सिर्जनात्मक क्रियाकलापसमेत प्रस्तुत गरेका थिए । कार्यक्रममा अभिभाभावक, विद्यार्थी, शिक्षक शिक्षिकाहरुको उल्लेख्य उपस्थिति थियो । सो कार्यक्रम नगर प्रमुख खनालको स्वागत र प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार