सडक मर्मत पछि यात्रामा सहज हुदै
नेपालबहस संवाददाता
फागुन २३, २०७७ आइतबार १९:३७:७
२३ फागुन,बलेवा । असजिलो बाटो त्यहीमाथि साँघुरो । स–साना सवारी साधनसमेत कठीन यात्रा गरेर तमानखोला गाउँपालिकाको केन्द्र बोङगादोभान पुग्थे । दोहोरो सवारीको आवतजावत नहुने । कच्ची सडकको ठाउँठाउँमा परेका खाल्डाखुल्डीले सवारीलाई उचाल्ने र पछार्ने गर्दा यात्रुलाई लाग्थ्यो गन्तव्यमा सकुशल पुगिन्छ या पुगिँदैन् ।
दुई वर्ष पहिलेसम्म बाग्लुङको तमानखोलाको केन्द्र बोङगादोभान पुग्नु ठूलै युद्ध जितेको जस्तै हुन्थ्यो । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि झण्डै दश किलोमिटरको दूरीको यात्रा घण्टौं लागेर सवारीले सडक पार गर्थे । अहिले परिस्थिति बद्लिएको छ । विसं २०७२ मा भूकम्पका कारण जिल्लाभरका सडकमा सबैभन्दा मारमा यही सडक पर्यो । कमजोर भू–भागमा रहेको सडक भूकम्पको शिकार बनेपछि भने अहिले मुहार नै फेरिएको छ ।
भूकम्प गएको छ वर्ष पुग्नैलाग्दा बाग्लुङमा क्षति भएको सो सडकको स्तरवृद्धिको काम सकिएको छ । सडकलाई बाह्रैमहिना सञ्चालनमा आउन सक्ने गरी दुईवटा मोटरवेल पुल निर्माणधीन अवस्थामा छन् । ढोरपाटन र तमानखोला जोड्ने करीब दश किलोमिटर सडक स्तरोवृद्धि भएपछि अहिले सहज यात्रा हुन्छ ।
भूकम्पले क्षतिग्रस्त बुर्तिबाङ–खुङ्गा–बोङगादोभान–खंङखानी सडकमा क्षति गरेको थियो । तमानखोलाको दुर्गम वडालाई पालिका केन्द्रमा जोड्ने गरी क्षतिग्रस्त सडक स्तरोवृद्धि गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार सडकका इन्जिनीयर हरिशचन्द्र बडूले जानकारी दिए ।
सब–वेस प्रकारको सडक कालिका प्यासिफिक जेभीले २०७५ वैशाख १० गते सम्झौता गरी निर्माण कार्य थालेको थियो । निर्माण कम्पनीले २०७६ साल कात्तिक ९ गते निर्माण सम्पन्न गरे पनि हस्तान्तरण हुनसकेको छैन । एक वर्षे परीक्षणकाल रहेको हुँदा चालू वर्षको अन्तिमसम्म सडक आयोजनालाई निर्माण कम्पनीले हस्तान्तरण गर्ने इन्जिनीयर बडुको भनाइ छ । जिल्लामा एउटा मात्र सडक पुनःनिर्माणको लागि योजना स्वीकृति भएको थियो ।
निर्माण कम्पनीले अहिले बर्खाको पानीले क्षतिग्रस्त सडकमा ग्याबिनजाली, मेसिनरीवाल, नाली निर्माणको काम गरिरहेको छ । रु १५ करोड ७९ लाख १४ हजार ६४३ को लागतमा सडक पुनःनिर्माण गरिएको हो । एक वर्षको परीक्षण अवधि सकिएपछि गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयलाई हस्तान्तरण गरिने छ ।
सडकलाई पाँचमिटर फराकिलो बनाइएको छ । घुम्ती र अप्ठ्यारो ठाउँमा पाँच मिटरभन्दा फराकिलो सडक निर्माण गरिएको इन्जिनीयर बडूको भनाइ छ । बुर्तिवाङ–खुङ्गा–बोङगादोभान–खंङखानी सडकखण्डको दुई स्थानामा मोटरेवेल पुनःनिर्माणधीन छन् । सडकखण्डको लुकुरवान खोलामा २५ मिटरको पुल कर्ण प्रदीप जुम्ली जेभीले गत वर्षको मङ्सिर २ गतेदेखि निर्माण थालेको थियो । उक्त पुलको ६५ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ ।
चालीस मिटर लम्बाइको भालीवाङ खोला पुल नयाँ बाटो सूर्योदय जिएस जेभीले गत असोज १२ गते सम्झौता गरी निर्माण कार्य थालेको छ । इन्जिनीयर बडूका अनुसार उक्त पुलको भौतिक प्रगती २५ प्रतिशत छ । रु चार करोड ४२ लाखमा भालुवाङ पुल निर्माण हुँदैछ । दुई पुल निर्माणपश्चात् पालिकाभित्र बाह्रैमहिना सडक सञ्चालनमा आउने तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार