सर्वसाधारणलाई आईपीओमा लगानीको अवसर, ३५ लाख कित्ता शेयर आउँदै
नेपालबहस संवाददाता
फागुन २४, २०७७ सोमबार १३:४५:७
२४ फागुन, काठमाडौं । पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला अर्को एक कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ ।
मोलुङ्ग हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो ।
कम्पनीले एक सय अंकित दरका कुल ३५ लाख ३१ हजार कित्ता भएको आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले दुई चरणमा आईपीओ निष्कासन गर्ने भएको छ । पहिलो चरणमा आयोना प्रभावित स्थानीय र दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।
कुल कित्तामध्ये कम्पनीले ८ लाख २ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याएको छ । बाँकी कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्नेछ । आईपीओ निष्कासनका लागि कम्पनीले सनराइज क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सनराइज क्यापिटल र मोलुङ्ग हाइड्रोपावर कम्पनीबीच मंगलबार सम्झौता भएको छ ।
कम्पनीको अधिकृत पुँजी वृद्धि गरी १ अर्ब र जारी पुँजी वृद्धि गरी ८० करोड २५ लाख रुपैयाँ पुर्याउने निर्णय गरेको छ । जारी पुँजीमा सेयर संरचनाअन्तर्गत ५६५ अर्थात ४४ करोड ९४ लाख रुपैयाँ संस्थापक सेयर र ४४५ अर्थात ३५ करोड ३१ लाख रुपैयाँबराबरको सेयरको सार्वजनिक निष्काशनबाट संकलन गर्ने तयारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
शेयरबजारमा नौ दशमलव ५४ अङ्कको गिरावट
जेठ २, २०८१ बुधबार
साताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार