लैङ्गिक तथा सामाजिक विभेद हट्नुपर्छः मुख्यमन्त्री शाही
नेपालबहस संवाददाता
फागुन २४, २०७७ सोमबार १७:१०:१०
२४ फागुन, कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै प्रकारका लैङ्गिक तथा सामाजिक विभेद हटाउनुुपर्ने बताएको छ । एक सय एघारौं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा उनले आज एक शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण महिला दिदीबहिनीमा लैङ्गिक समानता, सशक्तीकरण र अधिकार सुनिश्चितताका साथै सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेको छ ।
मुख्यमन्त्री शाहीले सन्देशमा कूल जनसङ्ख्याको आधा हिस्सा ओगेटको महिलाले हरेक क्षेत्रमा पुरुषसरह समान अवसर उपभोग गर्न पाउने वातावरण तयार गरी लैङ्गिक तथा सामाजिक विभेद हटाउनुुपर्नेमा जोड दिएको छ । उनले सन्देशमा भन्नुभएको छ, “सामाजिक पछौटेपन, अन्धविश्वास र कुरीतिका कारण महिलाले भोग्नुपरेका समस्या अन्त्यका लागि संविधानप्रदत्त हक अधिकारको सुनिश्चितता गर्न गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य र रोजगारीको क्षेत्रमा महिलाको पहुँच स्थापित गर्न हामीले विशेष प्रयास गरिरहेका छौँ ।”
मुख्यमन्त्री शाहीले प्रदेश सरकारले कार्यान्वयनमा ल्याएका ‘बैंक खाता छोरीको–सुरक्षा जीवनभरिको कार्यक्रम’, ‘छोरीबुहारी छात्रवृत्ति कार्यक्रम’, ‘मुख्यमन्त्री महिला दलित आयआर्जन कार्यक्रम’ लगायत कार्यक्रमले महिला र पुरुषबीच रहेको विभेद अन्त्यका लागि महत्वपूर्ण कोशेढुङ्गाको काम गर्ने विश्वास व्यक्त गरेको छ ।
लोकतान्त्रिक गणतन्त्र नेपालको लागि विभिन्न कालखण्डमा भएका आन्दोलनको बलमा बनेको हाम्रो संविधानले प्रत्येक महिलालाई बिना भेदभाव समान वंशीय हक, राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने तथा सम्पत्ति एवं पारिवारिक मामिलामा समान हकलगायतका अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उनले सन्देशमा भनेको छ, “यो दिवसले महिलालाई सबै किसिमका अन्याय र विभेदविरुद्ध बोल्न सक्ने प्रेरणा दिने विश्वास लिएको छु ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा जुटे
जेठ ५, २०८१ शनिबार
'कोपिलाका सुगन्ध’ बजारमा
जेठ ५, २०८१ शनिबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार
मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध
जेठ ५, २०८१ शनिबार
मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा
जेठ ५, २०८१ शनिबार
बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या
जेठ ५, २०८१ शनिबार