विकसित जातको च्याँदुलर ओखर वितरण गरिने
नेपालबहस संवाददाता
फागुन २५, २०७७ मंगलबार २२:९:४१
२५ फागुन,हुम्ला । कृषि विकास कार्यालयले विकसित जातको ६ हजार ५०० ओखर वितरण गर्ने भएको छ । कृषि विकास निर्देशनालय सुर्खेतको फलफूल विकास प्रबद्र्धन कार्यक्रमअन्तर्गत ८५ प्रतिशत सहुलियतमा ओखरका बिरूवा उपलब्ध गराइने भएको छ ।
सोका लागि किसानले १५ प्रतिशत रकम अग्रिम जम्मा गरिसकेका छन् । कर्णाली प्रदेश सरकारले प्रतिबोट रु ५०९ मूल्य तय गरेको छ । यसमा कम्तीमा पनि ५० बोट रोप्नुपर्ने प्रावधान रहेको कृषि विकास कार्यालयका प्रमुख बखतबहादुर खड्काले जानकारी दिए ।
कृषि विकास निर्देशनालय सुर्खेतले जारी गरेको सूचनाअनुसार हुम्लाबाट विकसित जातको च्याँदुलर ओखर आयातका लागि बैंकमा रकम जम्मा भइसकेको छ । कर्णाली प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालयले प्रदेशका दश जिल्लाका लागि एक लाख विकसित जातको ओखर सहुलियत दरमा किसानलाई वितरण गर्ने भएको छ । फागुन मसान्तसम्म ती बिरूवा हुम्लामा उपलब्ध हुने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता हुन्छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
झापाबाट १० महिनामा ३ सय ७२ लागुऔषध कारोबारी पक्राउ
जेठ ५, २०८१ शनिबार
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
जेठ ५, २०८१ शनिबार
बालिकालाई करणी गरेको अभियोगमा ६१ वर्षीय वृद्ध पक्राउ
जेठ ५, २०८१ शनिबार
अमेरिकाले समुद्री मार्गबाट सहायताको पहिलो खेप पुर्याएको पुष्टि
जेठ ५, २०८१ शनिबार