निर्जीवन बीमा कम्पनीः आठ कम्पनीले गरे लाभांश प्रस्ताव, बाह्रको बाँकी ?
नेपालबहस संवाददाता
फागुन २६, २०७७ बुधबार १६:३७:४५
२६ फागुन, काठमाडौं । हालसम्म ८ इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव गरेका छन् । नेप्सेमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गर्न थालेका हुन्। अहिलेसम्म नेप्सेमा सूचीकृत ८ वटा निर्जीवन बीमा कम्पनीले मात्रै लाभांश गरेका छन्।
लाभांश प्रस्ताव गर्ने आठ निर्जीवन बीमा कम्पनी
सूचीकृत १८ निर्जीवन बीमा कम्पनीहरुले मध्ये शिखर इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सले मात्रै लाभांश प्रस्ताव गरेका छन्।
लाभांश प्रस्ताव गर्न बाँकि निर्जीवन बीमा कम्पनी
त्यस अनुसार हालसम्म नेको इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, युनाईटेड इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, सानिमा जनरल, जनरल इन्स्योरेन्सको अझै लाभांश आउन बाँकि छ।
कुन कम्पनीले गर्यो सबैभन्दा बढि लाभांश प्रस्ताव ?
हालसम्म लाभांश प्रस्ताव गरेको कम्पनीहरुमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै २९.२३१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीले २७.७६९ प्रतिशत बोनस र १.४६२ प्रतिशत नगद गरी सो बराबरको लाभांश प्रस्ताव गरेको छ।
लाभांश प्रयोजनको लागि कम्पनीले फागुन २६ गते बुक क्लोज पनि गरिसकेको छ। त्यस अनुसार फागुन २५ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीको लाभांश पाउनेछन्।
कुन कम्पनीले गर्यो सबैभन्दा कम लाभांश प्रस्ताव ?
लाभांश प्रस्ताव गरेको कम्पनीहरुमध्ये सबैभन्दा कम हिमालयन जनरल इन्स्योरेन्सले ३ प्रतिशत बोनस र ३.७५ प्रतिशत नगद गरी ६.७५ प्रतिशत मात्रै लाभांश प्रस्ताव गरेकाे छ ।
प्रिमियर इन्स्योरेन्सले ११.०५ प्रतिशत नगद लाभांश लाभांश प्रस्ताव गरेको छ।
प्रभु इन्स्योरेन्सले १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद गरी १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
नेपाल इन्स्योरेन्सले ८ प्रतिशत बोनस र २ प्रतिशत नगद गरी १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
एभरेष्ट र प्रुडेन्सियल इन्स्योरेन्सले बराबर ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद गरी ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
आइएमई जनरल इन्स्योरेन्सले ७ प्रतिशत बोनस र ०.३७ प्रतिशत गरी ७.३७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
हिमालयन जनरल इन्स्योरेन्सले ३ प्रतिशत बोनस र ३.७५ प्रतिशत नगद गरी ६.७५ प्रतिशत मात्रै लाभांश प्रस्ताव गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न
कात्तिक २३, २०८० बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार