कर्णाली छुट्टै विशिष्टता र पहिचान बोकेको प्रदेश : मुख्यमन्त्री शाही
नेपालबहस संवाददाता
फागुन २६, २०७७ बिहिबार ४:४:२
२६ फागुन, कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विगतमा भाषा सिकाउने कर्णालीले आगामी दिनमा सभ्यता सिकाउनुपर्ने बताएका छन् । ऋति फाउण्डेशन, सुर्खेतद्वारा आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको प्रसिद्ध पर्यटकीयस्थल बुलबुले तालको छेउमा आयोजित ‘कर्णाली उत्सव–कुडा कर्णालीका’ दोस्रो संस्करणको शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले भाषा उत्पत्ति भएको प्रदेशको भाषा नै सङ्ग्रहालयमा राख्नुपर्ने अवस्था आएकोप्रति चिन्ता प्रकट गरे ।
“भाषा, संस्कृति र सभ्यताको उद्गमस्थलमा जन्मेर आफ्नो पहिचान खोज्नुपर्ने बाध्यता आइलागेको छ”, मुख्यमन्त्री शाहीले भने, “कतै हाम्रो भाषा लोप भएर जाने हो कि भन्ने डर पनि लागेको छ ।” इतिहासले भविश्यको निर्धारण गर्ने जनाउँदै उनले कर्णाली छुट्टै विशिष्टता र पहिचान बोकेको प्रदेश भएकाले यहाँको इतिहास आफैँले कोर्नुपर्नेमा जोड दिए ।
यहाँको सामाजिक, आर्थिक, सांस्कृतिक पक्षको विस्तृत खोज अनुसन्धान गरी भोलिको पुस्तालाई जान्न उत्प्रेरित गराउनुपर्नेमा जोड दिएका मुख्यमन्त्री शाहीले हिजो काँसोको थालमा भात र तामाको भाँडोमा पानी खाने कर्णाली आज प्लाष्टिकका भाँडामा खानुपर्ने बिडम्वना आइलागेको विगतलाई जान्न आग्रह गरे ।
त्यसैबीच, मुख्यमन्त्री शाहीले कार्यक्रममा कर्णाली पिपुल एण्ड प्लेसेस पुस्तक विमोचन गरे । शुभारम्भ कार्यक्रममा ऋति फाउण्डेसनका सहसंस्थापक रेशमबहादुर विष्टले ‘कर्णाली उत्सव कुडा कर्णालीका’ दोस्रो संस्करणका उत्सवको औचित्यबारे प्रष्ट्याए । “कर्णालीमा अथाह संम्भावना हुँदाहुँदै पनि केवल यो दक्षिणतर्फ बगिरह्यो,” सहसंस्थापक विष्टले भने, “यहाँका नागरिकका लागि कर्णाली कालापहाड जाने बाटो मात्र बन्यो । यसलाई हामीले राम्रोसँग चिनेनौँ ।” कर्णालीका लोक साहित्य, अर्थ, राजनीतिक, शासकीय प्रणालीलगायत विषयमा मन्थन गर्न दोस्रो संस्करणकोआयोजना गरिएको उनले बताए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा डा जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ले कर्णाली चिनाउने योगी नरहरिनाथको विद्वत्व र योगदानका बारेमा चर्चा गरे। कर्णाली प्रदेशको कला, साहित्य, दर्शनका विषयमा अध्ययन तथा कर्णाली चिनाउन प्रदेश सरकार र नेपाल प्रज्ञा प्रतिष्ठान तयार रहेको उनले बताए । कर्णालीको मौलिकता र यसको इतिहासका विषयमा सत्यमोहन जोशीलगायत विद्वान्लाई विसं २०२७ मा नै अध्ययन गरिसकेको उनको भनाइ थियो ।
वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले कर्णालीका पर्यटकीयस्थलको चिनारी दिन जरुरी रहेको बताए । कर्णालीलाई नजिकबाट चिन्नका लागि कर्णाली महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो । त्यस्तै, भेरी नगरपालिका उपप्रमुख रेणु आचार्य ‘ढकाल’ले यहाँको भाषा संस्कृति र समग्र विषयमा उत्सव मात्र नभएर यहाँका विविध पाटाको विषयमा छलफल हुनुपर्नेमा जोड दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
संसदको गतिरोध हटाउनेबारे सत्ता पक्ष र विपक्षीसँग छलफल गर्दै सभामुख
जेठ ५, २०८१ शनिबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
नेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार