कुडा कर्णाली, ‘कर्णाली घुमाउटो पड्यो’ विषयमा बहस
नेपालबहस संवाददाता
फागुन २८, २०७७ शुक्रबार २३:१८:५१
२८ फागुन, सुर्खेत । कर्णाली उत्सवःकुडा कर्णालीका’ बहसको दोस्रो दिन ‘कर्णाली घुमाउटो पड्यो’ विषयमा बहस भएको छ । कर्णालीको आर्थिक क्षेत्रका अवसर र समस्याका विषयमा थालिएको बहसमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेल, योजनाविद् डा दिनेशचन्द्र देवकोटा, कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीसँग सामाजिक विकास अभियन्ता डा रेणु अधिकारीले आजको पहिलो सत्रमा छलफल गरेका छन् ।
सो अवसरमा आयोगका उपाध्याक्ष प्राडा कँडेलले विगतको कर्णालीको सवल इतिहास कायम गर्न यसलाई ‘माउन्टेन ग्रीन इकोनिमक’ बनाइने बताए । उनले भने, “१२औँ शताब्दीमा कर्णाली राज्य सवल राज्य थियो । कर्णाली विगतमा आत्मनिर्भर क्षेत्र हो । तर अहिले कर्णाली परनिर्भर बन्यो । त्यसका कारण अनेक छन् ।”
समय कालखण्डमा २०४ वर्षसम्म जुन शासन प्रणाली रह्यो त्यसले कर्णालीलाई हेर्ने दृष्टिकोण फरक बनाएर पछि पारेको उनले सङ्केत गरे । कर्णालीको विकास हिजोको गौरवशाली इतिहासलाई जोडेर हेर्नुपर्ने बताउँदै उनले अब प्राविधिक तथा व्यवसायिक शिक्षा, अर्गानिक वस्तु उत्पादन र ७० प्रतिशत व्यापार उद्यमशीलतामा विषेश जोड दिन आवश्यक देखिएको उनको भनाइ थियो ।
आयोगका पूर्वउपाध्यक्ष डा देवकोटाले कर्णालीको विकास घुमाउरो नभएर घुम्टोभित्र छोपिएको तर्क गरे । कर्णालीको घुम्टो उठाउन सके नेपाल सरकारले लिएको समृद्धिको राष्ट्रिय आकांक्षा पुरा हुने दावी उनले गरे । कर्णालीले प्रविधिलाई आत्मसात गर्दै अगाडि बढे यसलाई विश्वभरी चिनाउन सकिने उनको भनाइ थियो ।
कर्णाली योजना आयोगका सदस्य शाहीले पशुपालन क्षेत्रमा ह्रास आएका कारण कर्णालीमा गरिबी बढेको जिकिर गरे । “कर्णालीको प्राचीन कृषि प्रणाली लोप हुँदै जाँदा पछि परेको छ” सदस्य शाहीले भने, “च्यारिटी मोडेलमा कर्णालीको विकास गर्न खोजियो ।” प्रचुर सम्भावना भएको कर्णालीले अहिले पनि करोडौँका उत्पादन निर्यात गरिरहेको उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
वैदेशिक रोजगारीमा भएको ठगिलाई सरकारले हेर्नुपर्छः देउवा
जेठ ५, २०८१ शनिबार
समिति गठन गर्ने कुरामा प्रधानमन्त्रीको दोहोरो चरित्र
जेठ ५, २०८१ शनिबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लिए शपथ ग्रहण
जेठ ५, २०८१ शनिबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
संसदको गतिरोध हटाउनेबारे सत्ता पक्ष र विपक्षीसँग छलफल गर्दै सभामुख
जेठ ५, २०८१ शनिबार