आजदेखि ग्लोबल आइएमई बैंकको डिबेञ्चरमा आवेदन दिन सकिने, ब्याजदर कति ?
नेपालबहस संवाददाता
चैत १, २०७७ आइतबार १२:२३:५३
०१ चैत, काठमाडौं ।लगानीकर्ताले आज अर्थात चैत १ गते आइतबारबाट ग्लोबल आइएमई बैंकको डिबेञ्चरमा आवेदन दिन सक्ने भएका छन् ।बैंकले एक अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता डिबेञ्चर निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।
३० लाख कित्ताले हुन आउने ३ अर्ब बराबरको ऋणपत्रमध्ये बैंकले (५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको समेत) सर्वसाधारण नेपालीको लागि निष्काशन गरिनेछ साथै, १८ लाख लाख कित्ता ऋणपत्रले हुन आउने कुल एक अर्ब ८० अर्ब रुपैयाँ ऋणपूँजी रकम व्यक्तिगत तबरबाट बिक्री गर्नेछ ।
बैंकले ८ वर्ष अवधिको लागि‘८.५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ नाम गरेको ऋणपत्र निष्कासन गर्न लागेको हो ।
लगानीकर्ताले यस ऋणपत्रमा चैत २ गतेदेखि छिटोमा चैत ४ गतेसम्म र ढिलोमा चैत १६ गतेसम्म न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सेन्चुरी क्यापिटल मार्केट्स लिमिटेडले गर्नेछ । लगानीकर्ताले सेन्चुरी क्यापिटल मार्केट्स लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
ऋणपत्र बारे अन्य जानकारीको लागि तलको विवरणपत्र हेर्नुहोस्ः
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
शेयरबजारमा नौ दशमलव ५४ अङ्कको गिरावट
जेठ २, २०८१ बुधबार
साताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
जेठ ६, २०८१ आइतबार
आइपिएल : रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा, चेन्नई बाहिरियो
जेठ ६, २०८१ आइतबार